nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरकारी निकायमा घुस्याहा कर्मचारीको बिगबिगी,कहाँका कर्मचारीले कोमार्फत खान्छन् घुस ?

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २९, २०७९, ८:३४ मध्यान्ह
कर्मचारीको तलब मासिक २ हजार बढ्यो,विद्यालय तहका कर्मचारीको न्यूनतम तलब १५ हजार

?????????????????????????????????????????????????????????

पछिल्लो घटना १ : २५ मंसिरमा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैयाँ घुुुससहित पक्राउ परे ।

घटना २ : २१ मंसिरमा रुपन्देहीमा सशस्त्र प्रहरी हवल्दार नगेन्द्र सेन २० हजार रुपैयाँ घुससहित पक्राउ परे ।


घटना ३ : १८ फागुनमा भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नासु रामकृष्ण पण्डित ९ हजार रुपैयाँ घुससहित पक्राउ परे ।

घटना ४ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियर योगेन्द्र ढुंगेल १ लाख ५० हजार रुपैयाँसहित पक्राउ परे ।
उनीहरू सबैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरी हिरासतमा लिएको थियो । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । अहिले पनि कैयौं सरकारी कार्यालयमा ‘घुस्याहा’ कर्मचारीको बिगबिगी छ । बिचौलिया र एजेन्ट प्रयोग नगरी सिधै घुस खान खोज्नेहरू बढी अख्तियारको फन्दामा परेको देखिन्छ भने बिचौलिया र एजेन्टमार्फत घुस खानेहरू प्रायः उम्कने गरेका छन् ।

आफू बच्न बिचौलिया र एजेन्टको प्रयोग

अधिकांश घुस्याहा कर्मचारीले विभिन्न बिचौलिया र एजेन्टमार्फत घुस खाने गरेकाले पनि उनीहरूको कर्तुत बाहिर आउन नसकेको र घुस खानेहरू धेरैले सहजै उन्मुक्ति पाउने गरेको बताइन्छ । फरक फरक कार्यालयका कर्मचारीले घुस खाँदा फरक फरक बिचौलिया र एजेन्टहरू प्रयोग गरेको पाइएको छ । अख्तियार स्रोतका अनुसार मालपोत कार्यालयका कर्मचचारीले लेखापढी व्यवसायी तथा अन्य बिचौलियामार्फत घुस खाने गरेका छन् भने आन्तरिक राजस्व कार्यालयका कर्मचारीले अडिटरमार्फत घुस खाने गरेका छन् । यस्तै, लाइसेन्स कार्यालयका कर्मचारीले ड्राइभिङ इन्स्टिच्युटण्मार्फत र अन्य बिचौलियामार्फत, यातायाता कार्यालयका कर्मचारीले बस व्यवसायी, ट्रक व्यवसायी तथा अटोमोबाइल लिडरमार्फत सेटिङमा घुस खाने गरेका छन् । यसरी कार्यालय र क्षेत्र पिच्छे कर्मचारीको घुस खाने तरिक र पद्धति फरक छ र एजेन्टहरू पनि फरक फरक हुने गरेको देखिन्छ ।

अख्तियारले आकलझुकल पक्राउ गर्ने गरेको भए पनि सरकारी कार्यालयमा यस्ता खालका घुसका डिल तथा कारोबार प्रायः दिनदिनै हुने गरेको सरोकारवालाको अनुभव छ । जनताका काम बढी हुने सरकारी कार्यालयमा नै बढी घुस चल्ने गरेको र घुस लिएका अनगिन्ती घटनामध्ये निकै कम घटना मात्रै अख्तियारको आँखामा पर्ने गरेको बताइन्छ । यद्यपि, पछिल्लो दिनमा घुस खानेलाई अख्तियारले रंगेहात पक्राउ गर्ने क्रम बढेको छ । अख्तियारका प्रवक्ता भोला दाहालले विशेष सूचनाका आधारमा सेवाग्राहीबाट घुस लिनेहरूलाई धमाधम पक्राउ गर्न थालिएको बताए । उनले धेरै सरकारी कार्यालयमा घुस लेनदेन हुने गरेको भन्ने गुनासा र उजुरीहरू आउने गरेको भए तापनि सेवाग्राही र सेवाप्रदायकबीच मिलिमतो हुनाले त्यस्तो घुस प्रकरण बाहिर आउन नसकेको बताए । यद्यपि, अख्तियारको आफ्नै विशेष संयन्त्रमार्फत पनि त्यस प्रकारका घुस प्रकरणको खोजतलास हुने गरेको प्रवक्ता दाहालको भनाइ छ ।

कहाँका कर्मचारीले कोमार्फत खान्छन् घुस ?

मालपोत कार्यालय : लेखा पढी व्यवसायी तथा अन्य बिचौलिया

भन्सार कार्यालय : भन्सार एजेन्ट

आन्तरिक राजस्व कार्यालय : अडिटर

लाइसेन्स कार्यालय : ड्राइभिङ इन्स्टिच्युट, र अन्य बिचौलिया

यातायात कार्यालय : बस व्यवसायी, ट्रक व्यवसायी र अटोमोबाइल डिलर

प्रहरी : समाजका सभ्रान्त भनाउँदा व्यक्ति, व्यवसायी, तथा तस्करहरू

सेना : रासन र हतियारका ठेकेदार, विकास निर्माणका ठेकेदार

अध्यागमन कार्यालय : मेनपावर व्यवसायी, कन्सल्टेन्सी, मानव बेचबिखन गर्ने गिरोह

स्थानीय तह : उपभोक्ता समिति, ठेकेदार, सामान आपूर्तिकर्ता, ढुंगा गिटीका ठेकेदार

अदालत : वकिल वा एजेन्टमार्फत

मन्त्रालय तथा विभाग : कर्मचारी सरुवा बढुवा तथा अन्य नीतिगत तहमा निर्णय गर्दा विभिन्न हित समूहसँग

अख्तियारले घुस खानेलाई पक्राउ गर्ने क्रमलाई निरन्तरता दिए पनि घुस्याहा कर्मचारीमा घुुस खाने प्रवृत्तिमा खासै कमी आउन सकेको छैन । घुस खाने प्रवृत्तिमा कमी नआउनुमा कर्मचारीको मनोवैज्ञानिक अवस्था नै कारक रहेको बताइन्छ । अख्तियार प्रवक्ता दाहालले कर्मचारीको मनोवैज्ञानिक पक्षका कारण घुस खाने क्रम बढेको भए पनि यस विषयमा छुट्टै अध्ययन र अनुसन्धान जरुरी रहेको बताए ।
सरकारी कर्मचारीमा घुसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्न पुगेको छ । घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध परिरहेको पाइएको छ । केही सरकारी कार्यालय भने घुस लिने र दिने अखडाका रूपमा विकास हुँदै आइरहेका छन् ।

घुस्याहा कर्मचारीले कार्यालय पिच्छे एजेन्ट, बिचौलिया, लेखापढी व्यवसायी, ड्राइभिङ इन्स्टिच्युट, वकिल, उच्च व्यापारी, ठेकेदारमार्फत घुसको लेनदेन गर्ने गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । घुस खाने कर्मचारीले प्रयोग गर्ने तौरतरिका समेत फेरिँदै जान थालेकाले उनीहरूलाई पक्राउ गर्न समेत कठिन हुने गरेको अख्तियारका अनुसन्धान अधिकृतको अनुभव छ । घुस्याहा कर्मचारीले अन्य बिचौलियामार्फत घुस लिने गरेकाले धेरै घुस्याहा कर्मचारी उम्कने गरेको अख्तियार स्रोतको दाबी छ । विशेषगरी, मालपोत, नापी, यातायात, वैदेशिक रोजगार, श्रम, स्थानीय तह, जिल्ला प्रशासन, राजस्व कार्यालय, सिँचाइ, खानेपानी, सडकलगायतका सरकारी कार्यालय घ्ुस्याहा कर्मचारीको अखडाका रूपमा रहेको बताइन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तीन वर्षअघि ‘घ्ुस्याहा’ कर्मचारीलाई लक्षित गरी महŒवपूर्ण अभियान ल्याएको थियो जुन अभियानअनुसार प्रत्येक सरकारी कर्मचारी कार्यालयमा प्रवेश गर्नुअघि घुस नखाने शपथ लिएर प्रवेश गर्नुपथ्र्यो । तर, कर्मचारीले नै सो अभियानलाई असफल पारिदिएको प्रधानमन्त्री कार्यालयकै अधिकारीको गुनासो छ । तर, प्रधानमन्त्री कार्यालयले पनि त्यसरी शपथ लिएर प्रवेश गरेका कर्मचारीको प्रवृृत्ति र नैतिकता’bout अध्ययन अनुसन्धान नै गर्न नसकेपछि कार्यालयको सो अभियान असफल भएको थियो ।

भ्रष्टाचारविरुद्ध विभिन्न अध्ययनका अनुसार नेपालमा सरकारी क्षेत्र भ्रष्टाचारको अखडा बन्दै गएका छन् । कर्मचारीले घुस लिने तरिका पनि फेर्दै गएका छन् । अख्तियारकै एक उच्च अधिकारीका अनुसार कर्मचारीले बिचौलियामार्फत तथा काम भएको लामो समयपछि मात्रै घुस रकम लिन थालेका छन् । त्यस्तै, कुनै काम गरेवापत् एउटा निश्चित समूह बनाएर सोही समूहमार्फत मात्रै घुसको लेनदेन गर्ने गरेको पाइएको छ । अख्तियारका ती अनुसन्धान अधिकृत भन्छन्, ‘भ्रष्टाचारी यति धेरै चलाख भएका छन् कि उनीहरूले घुस लिने नयाँ नयाँ तौरतरिका अपनाउन थालेका छन् ।’ ती अधिकृतका अनुसार घुस्याहा कर्मचारीले कुनै रेकर्ड नै नरहने गरी अतिरिक्त रकम आर्जन गर्छन् र त्यसलाई हुन्डीमार्फत भारत तथा अन्य देशमा लैजाने गरेका छन् ।

प्रशासनविद्का अनुसार कर्मचारी संयन्त्रमा मौलाएको घुस संस्कृतिका कारण प्रशासन सुधारमा समेत गम्भीर समस्या देखिइरहेको छ । कर्मचारीप्रति आमजनताले हेर्ने दृष्टिकोण झन् झन् नकारात्मक जानु पनि यही भ्रष्टाचार संस्कृति नै भएको प्रशासनविद्को विश्लेषण छ ।

प्रधानमन्त्री, मन्त्रालयका मन्त्री, सचिव, महानिर्देशक, तथा कार्यालयका प्रमुखहरू स्वच्छ हुने र भ्रष्टाचार नगर्ने हो भने तलका कर्मचारीले घुस खान कठिन हुने सुशासनका अध्येताको भनाइ छ ।

-(राजधानी दैनिकमा सम्पादक सागर पण्डितले यो खबर लेख्नुभएको छ ।)

Tags: लेख/रचनाविचार

Discussion about this post

Related Posts

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!