दिपक कर्ण/फागुन १४ गते। धनुषा प्रहरीले चो री गर्दै गरेको अवस्थामा एक युवकलाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–१ बस्ने २२ ऋषिकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–६ तारापट्टि बस्ने श्याम साहको घरमा चो री गरिरहेको अवस्थामा ठाकुरलाई प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।
ठाकुरलाई साहको घरभित्र प्रवेश गरी चो री गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तारापट्टीबाट खटेको प्रहरी टोलीले प क्राउ गरेको थियो ।
यता, चोरी गरिरहेकै क्रममा प क्राउ परेका ठाकुरमाथि घटनास्थलमै कारबाही हुनुपर्ने माग गर्दै पीडित परिवार र स्थानीयले चक्काजाम गर्दै टायर बालेर विरोध प्रदर्शन पनि गरेका थिए ।
पीडित परिवारले चोरी गरिरहेकै क्रममा प क्राउ परेका ठाकुरलाई आफूहरुले नै ठाउँका ठाउँ कारवाही गर्न पाउनुपर्ने अडान राख्दा प्रहरीसँग भनाभनसमेत भएको डिएसपी गौतमले बताए ।
तर, पीडित परिवारले भने प्रहरीले चोरलाई संरक्षण दिएर भगाउन खोज्दा आफूहरुले विरोध जनाएको बताएको छ । पक्राउ परेका ठाकुरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको धनुषा प्रहरीले जनाएको छ ।
















Discussion about this post