सप्तरी/फागुन ७ गते। सप्तरीमा खाना पकाउने क्रममा साडीमा आगो सल्कीँदा एक महिला जलेर घाइते भएकी छिन् ।
आइतबार बिहान करिब ११ बजेको समयमा सप्तरीको राजबिराज नगरपालिका १३ भेल्ही पिपराही बस्ने जितेन्द्र यादबको श्रीमती २५ वर्षीया द्रोपती देवी यादव जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै घरमा मोटोको चुलोमा खाना पकाउने क्रम्मा साडीमा आगो सल्की ढाड भन्दा मुनि पछाडीको भाग जलेर घाईते भएकी महिलालाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




















Discussion about this post