nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : ऋण काढेर घर, मिटरब्याजले उठिबास

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २९, २०७९, ८:४८ मध्यान्ह
धनुषा : ऋण काढेर घर, मिटरब्याजले उठिबास

विजय कुमार सिंह/ढल्केवर(धनुषा) ।  पाँचवर्ष अघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका ४४ वर्षीय नथुनी मण्डलले मनिट्रान्सफर खोल्न १३ लाख रुपैयाँ ऋण लिए। 

उनले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका सपहीका साहु रामसागर साहलाई २०७४ वैशाख ५ मा दुई कित्ता गरेर १० धुर जग्गा पास गरी सय कडा ३ रुपैयाँमा तमसुक बनाएर १३ लाख रुपैयाँ ऋण लिएका थिए।

मनिट्रान्सफर खोल्न ऋण लिएपनि नथुनीको उक्त योजना सफल भएन। उनले त्यो पैसाले घर बनाउन सुरु गरे। घर बनाउन त्यति पैसाले नपुग्ने भएपछि थप पैसा जोहो गरेर घरलाई पूर्णता दिए। 

झण्डै ३० लाखको लागतमा एकतल्ले कोठाको घर तयार भएको नथुनी सुनाउँछन्। तीन रुपैयाँ सयकडा ब्याजमा लिएको ऋणको भारी मण्डलमाथि बढ्दै गयो। उनले आफ्नै पोखरीको १४ कठ्ठा अढाई धुर जग्गा बैंकमा धित्तो राखेर ३५ लाख रुपैयाँ ऋण लिए।

त्यो पैसाबाट २०७७ असोज २७ मा १० लाख रुपैयाँ साहु रामसागरलाई एकमुष्ट बुझाएको नथुनी बताउँछन्। साहुलाई अझै पैसा तिर्न बाँकी नै रहेकाले जग्गा फिर्ताको कुरा चलेन। नथुनीले गएको कात्तिकमा हिसाब बुझ्न साहुलाई ताकेता गरे।

साहु रामसागरले आफूले २४ लाख रुपैयाँ पाउनुपर्ने हिसाब नथुनीलाई सुनाए। ‘हिसाब सुनेपछि रुखको हाँगाबाट खसेजस्तो भयो मलाई। तर तिर्नुको विकल्प छैन भनेर त्यो पैसा तिर्न राजी भए। त्यतिबेला अरू अरू पनि त्यहाँ थिए,’ दुखेसो पोख्दै नथुनीले भने।

हिसाब भएको १० दिनपछि २४ लाख रुपैयाँ लिएर जाँदा आफूसँग साहु रामसागरले ३२ लाख रुपैयाँ मागेको नथुनी बताउँछन्। ‘त्यत्रो पैसा जुटाउन त अलिक समय लाग्छ नि। मलाई १० दिन समय लागेको थियो,’ गुनासो पोख्दै मण्डलले भने ‘त्यसको ब्याजै जोडपनि १० दिनमा कति ब्याज बढ्छ ?’ ३२ लाख रुपैयाँ तिर्न नसक्दा साहुले आफूमाथि अत्याचार गरेको नथुनीको आरोप छ।

साहु रामसागरले आफूसँग मागेको पैसा नतिरेपछि आफ्नो धितो बापतको १० धुर जग्गा अर्कैलाई बेचिदिएको नथुनीले बताउँछन्। 

उनको जग्गा साहु रामसागरले मिथिला बिहारी नगरपालिकास्थित तारापट्टी सिर्सियाकी रितादेवीलाई बेचेका छन्। साहु रामसागरले २६ लाख १६ हजारमा जग्गा र ३ लाख २० हजारमा घर रिता देवी यादवका नाममा बिक्री गरेको मालपोतको रजिष्ट्रेसनमा उल्लेख छ।

अहिले नथुनीको परिवार घरवारविहीन भएका छन्। उनको श्रीमती, चार छोरी र एक छोरा छन्। घरबाट निकालिदिएपछि उनीहरूलाई लिएर नथुनी अहिले घरभाडामा बसिरहेका छन्। 

रिताले भाडाको मान्छे लगाएर आफूहरूमाथि कुटपिट गरेर घरबाट निकालिदिएको नथुनीको आरोप छ। न्यायका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको एक महिनाभन्दा बढी भएपनि कुनै सुनुवाइ नभएको उनले गुनासो पोखे।

यस्तै नथुनीको धितो बापतको ५ धुर जग्गा साहु नितु सिंहले पनि अर्कैका नाममा बिक्री गरिदिएपछि नथुनीको उठीबास भएको छ। नथुनीले २०७३ सालमा महादेव साहको नाममा ५ धुर जग्गा पास गरी तमसुक बनाएर पाँच लाख रुपैयाँ ऋण लिएका थिए। 

त्यसको एकवर्षपछि पैसाका लागि महादेवले लगालग ताकेता गरेपछि त्यही जग्गा नितु सिंहलाई पास गरेर नथुनीले तीन रुपैयाँ सय कडामा ८ लाख रुपैयाँ ऋण लिए। त्यसबाटै पैसा तिरेर साहु महादेवको ऋण फरफारक भयो। महादेवले नथुनीलाई ऋणको पनि तमसुक फिर्ता गरिदिए। 

नथुनीले नितुसँग लिएको ८ लाख ऋण बापत पटकपटक गरेर २५ लाख रुपैयाँ तिरे। तर, नितुबाट जग्गा फिर्ता गराउने आशमा रहेका नथुनी रितै भए। साहु नितुले नथुनीलाई जग्गा फिर्ता गर्नुको साटो त्यो जग्गा अर्कैका नाममा बिक्री गरिदिएपछि नथुनी विक्षिप्त भएका छन्। ‘अब मेरो नाउँमा एक ईन्च पनि जग्गा जमिन छैन,’ आँशु झार्दै नथुनीले दुखेसो पोखे।

नथुनीकी माइली छोरी सिमाकोविवाह माघ २७ गतेका लागि तय भएको छ। तर, विवाहको तयारीमा जुट्नुपर्ने नथुनी न्यायका लागि भौतारी रहेका छन्। उनी न्यायका लागि सीडीओ गुहारेका छन्। ‘माइली छोरीको विवाहका लागि तयारी गर्नुपर्ने छ। तर अहिले मलाई जनकपुर धाउनु परेको छ। 

‘जग्गाको चिन्ताले मलाई पूरै बेचैनी छ। घरमा कोहीलाई पनि खाना रुचिरहेको छैन। विवाहको कुनै रौनक छैन,’ जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा भेटेका नथुनीले विलौना गरे। 

नथुनीले मिटरब्याज कसुरमा साहुलाई विपक्षी बनाएर जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन्। 

जिल्ला प्रशासन कार्यालय धनुषामा मंगलबारसम्म मिटरब्याज विरुद्ध तीनसय पाँचवटा उजुरी दर्ता भएको तथ्यांक छ। त्यसमध्ये ११० वटा उजुरीमा दुवै पक्षलाई समन्वय गराएर समाधान गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।स्रोत-अन्नपूर्ण पोस्ट अनलाईन बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!