nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एकै जनालाई १३ लघुवित्तको ऋण,लघुवित्त संस्थाले दिएको ‘टार्गेट’ पुर्‍याउन ऋण बोकाउने होडबाजीमा कर्मचारी

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २९, २०७९, १२:५३ मध्यान्ह
एकै जनालाई १३ लघुवित्तको ऋण,लघुवित्त संस्थाले दिएको ‘टार्गेट’ पुर्‍याउन ऋण बोकाउने होडबाजीमा कर्मचारी

कान्तिपुर बाट साभार/डीआर पन्त, मनोज पौडेल, यज्ञ बञ्जाडे/माघ २९ गते। कैलालीको घोडाघोडी–१ की जुना सुनारसँग सम्पत्तिका नाममा डेढ कट्ठा जग्गा र सानो घर छ । उनलाई १३ वटा लघुवित्तले ३१ लाख ऋण दिएका छन् । लघुवित्त कम्पनीहरूले घेर्न थालेपछि उनीलगायत पीडित महिलाले संघर्ष समितिमा लिखित गुनासो पनि गरेका छन् । 

२० प्रतिशतसम्म सेवा शुल्क र २५ प्रतिशतसम्म ब्याज लिने लघुवित्तले ऋणीले के काममा लगानी गर्ने हो भन्ने वास्ता गर्दैनन्, उठाउने बेला भने चर्को दबाब दिन्छन् ।

जुनालाई निर्धन लघुवित्तले दुई लाख ५० हजार, किसानले ३ लाख, युनिक नेपालले दुई लाख, महिलाले दुई लाख ५० हजार, आशाले दुई लाख, स्वदेशीले पाँच लाख, एनआरएनले दुई लाख, गणपतिले एक लाख, फरवार्डले एक लाख, जनउत्थानले एक लाख, विजयले दुई लाख, कालिकाले तीन लाख र इन्फिनिटीले चार लाख ऋण दिएका छन् ।

सानो लगानीमा व्यवसाय सञ्चालन गर्दै आएकी उनले ऋण तिर्ने बाटो तत्काल केही देखेकी छैनन् । भन्छिन्, ‘धेरै संस्थाबाट ऋण लिएकी छु तर ब्याज र किस्ता तिर्न सकेकी छैन, लघुवित्तका कर्मचारी आउँछन्, भएका बेला दिउँला भनेर फर्काउने गरेकी छु ।’

डडेलधुराको अमरगढी–८ की पार्वतीदेवी पार्कीले नौवटा लघुवित्तबाट ९ लाख ९० हजार ऋण लिएकी छन् । एक रोपनी जग्गा र पुर्ख्यौली घर भएकी उनी निगालोका डाला, डोको र भकारी बुनेर गाउँ–गाउँमा बेच्छिन् । तर, यति धेरै लघुवित्तको ऋण र ब्याज आफैंमा असाधारण भार बनेपछि उनले पनि संघर्ष समितिमा उजुरी दिएकी छन् ।

पार्वतीदेवीलाई निर्धन लघुवित्तले एक लाख, छिमेकीले दुई लाख ५० हजार, स्वदेशीले एक लाख, डिप्रोक्सले एक लाख, नाडेपले एक लाख, मेरो माइक्रोले एक लाख, कालिकाले ९० हजार, किसानले एक लाख र एनआईसी एसियाले ५० हजार ऋण दिएका छन् ।

पहिले–पहिले भने, पार्वतीका पतिले बैतडी–बझाङबाट निगालो किनेर ल्याउँथे, दुवै मिलेर सुप्पा, डाली, भकारी, डोको बुन्थे । सँगै गाउँ–गाउँ पुगेर बिक्री गर्थे । कारोबार बढाउने आशामा पार्वतीले एउटा लघुवित्तबाट एक लाख ऋण लिइन् तर कमाइबाट त्यो तिर्न सकिनन् । त्यसै बीचमा अर्को लघुवित्तको समूह बनाउने टोली आयो । उनी त्यसमा पनि सदस्य बनिन् र अर्को एक लाख ऋण लिएर पुरानो संस्थाको किस्ता तिर्न थालिन् । एकपछि आएको तेस्रो, चौथो हुँदै नौवटा लघुवित्त संस्थाको सदस्य बन्ने र ऋण लिने सिलसिला चलिरहेको छ । तर, भरपर्दो आम्दानीले ऋण तिर्न गाह्रो छ । ‘घरमै आएर धम्की दिन्छन्, तिर्न सक्दैन भन्दा बरु मर बिमाबाट असुल त होलासम्म भन्छन्,’ पार्वतीले भनिन् ।

६ छोरी र २ छोराकी आमा हुन् पार्वती, श्रीमान् बिरामी छन्, उनले निगालेको सामान बनाउने परम्परागत पेसा छाडिसकेका छन् । उपचार गराउन दुई पटक लगेको तर निको नभएको उनले बताइन् । यही बेला लघुवित्तका प्रतिनिधिले ताकेता गरिरहेका छन् । ‘पैसा असुल गर्न दिनदिनै आउने लघुवित्तका कर्मचारी देखेपछि लुक्नुबाहेक अर्को विकल्प छैन,’ पार्वती भन्छिन्, ‘तीन छोरी आफैं विवाह गरेर गए । तीन छोरी र दुई छोरा पाल्नसमेत समस्या भएको छ । कहाँबाट ऋण तिर्नु ?’

लघुवित्तपीडित संघर्ष समिति डडेलधुराका अध्यक्ष जगत सार्कीका अनुसार पार्वतीले पहिलो पटक लिएको ऋण निगालो खरिद र कुखुरापालनमा लगानी गरेकी थिइन् । ‘तर दुवैबाट घाटा भयो, किस्ता तिर्न सकिनन्, त्यसपछि जति लघुवित्त आए, सबैबाट ऋण लिइन्, लघुवित्तले सेवाशुल्क र ब्याजको लोभमा मात्र ऋण दिएर चंगुलमा पारेको देखियो,’ उनी भन्छन् ।

सार्कीका अनुसार लघुवित्त संस्थाहरूले एउटा सदस्यलाई ५ लाखभन्दा बढी ऋण दिन नपाउने प्रावधान छ, त्यो पनि दुई वर्षदेखि ऋण लिएर असल ऋणीका रूपमा कारोबार गरेको भए मात्र दिन मिल्छ । ‘धेरै संस्थाले एउटै व्यक्तिलाई दोहोर्‍याएर ऋण दिनुपरे पनि त्यसको सीमा ५ लाख मात्र हो ।’ तर लक्ष्य पुर्‍याउने र ऋण दिने होडबाजीमा लघुवित्तहरूले कानुनी प्रावधानविपरीत एउटै व्यक्तिलाई लाखौं ऋण प्रवाह गर्दै आएका छन् । बिनाधितो ऋण दिने होडबाजीमा लघुवित्तहरूले आफूले दिएको ऋण सदुपयोग हुन्छ कि हुन्न, ऋणीले तिर्न सक्छन् कि सक्दैनन् वा अन्य संस्थाबाट ऋण लिएको छ कि छैनजस्ता सामान्य मापदण्ड पनि पालना गरेको देखिँदैन ।

कैलाली घोडाघोडीकी शोभा शाही, कैलारीकी खेमा क्षेत्री, कञ्चनपुर कृष्णपुरकी विमला शाही, डडेलधुरा अमरगढीकी द्रोपतीदेवी जोशी, दार्चुला शैल्यशिखरकी धना जैसीसहित महिलाले दर्जनसम्म लघुवित्तबाट ऋण लिएका छन् । संघर्ष समितिले तयार पारेका लघुवित्तपीडितको फाराम हेर्ने हो भने एउटै व्यक्तिलाई यसरी ऋण दिँदा कोही जमानीसमेत बसेका छैनन् ।

एउटा संस्थाको किस्ता तिर्न अर्कोसँग ऋण लिने गरेकाले ऋणको भारी थपिएको कैलाली घोडाघोडीका व्यवसायी धर्मराज ओझाले बताए । ‘ऋण दिएपछि ब्याज असुल्ने र समयमा किस्ता नबुझाए गाईबस्तुसमेत आफैं बिक्री गरिदिने काम भइरहेको देखिन्छ,’ उनले भने । व्यवसाय गर्ने, महिनामा कमाएर ब्याज बुझाउन सक्ने, ऋण र ब्याज लगानीका विषयमा राम्रो जानकार भएकाहरूले लघुवित्तबाट ऋण नलिने र लघुवित्तहरूले पनि त्यस्ता ग्राहकलाई ऋण नदिने उनले सुनाए ।

लघुवित्त संस्थाका कर्मचारी पनि यसरी खप्ट्याएर ऋण दिन नपाउने बताउँछन् । औपचारिक रूपमा कुरा गर्न भने चाहँदैनन् । ‘केन्द्रीय कार्यालयसँगै सम्पर्क राख्नुहोला,’ प्रतिक्रिया लिन खोजिएका एक दर्जनभन्दा बढी संस्थाका कर्मचारीले यसरी नै जवाफ दिए । ‘समूहका सदस्यले अर्को लघुवित्तको सदस्य रहेको नबताएर लिएका हुन सक्छन्, दुईवटासम्म लघुवित्तबाट ऋण लिनु स्वाभाविक हो तर त्योभन्दा बढीबाट यसरी ऋण दिन पाइँदैन,’ घोडाघोडीमा कार्यरत एउटा लघुवित्तका कर्मचारीले भने ।

कपिलवस्तुको शिवराज नगरपालिका–६ मजिगवाकी रामरति पासीले कर्जा लिएर गाउँमा किराना पसल खोलिन् । गाउँलेले उधारोमा लगे । लघुवित्त संस्थाको चर्को ब्याज तिर्दातिर्दै उनी थलिएकी छन् । विभिन्न १० लघुवित्त संस्थाबाट ६ वर्षअघि १२ लाख ऋण लिएर व्यापार गरिन् । १८ प्रतिशत ब्याजमा ऋण लिएकी उनले कमाइ गरेर र दुई छोराहरूले कतारबाट पठाएको रकमले झन्डै १२ लाख रकम दिइसकेको बताइन् । अझै ६ लाख तिर्न बाँकी छ भनेपछि उनी छाँगाबाट खसेजस्तै भएकी छन् । ‘अघिल्लो वर्ष किस्ता तिर्न लघुवित्त संस्थाका कर्मचारीले खलोबाटै धान लगेर मिलमा कुटाई चामल जबर्जस्ती बेच्न लगाए,’ उनले भनिन्, ‘यसले निकै पीडा भयो । लघुवित्त त सुदखोर जस्तो लाग्यो ।’

शिवराज–७ निविहवाकी कप्ता कोरीले निरुडे लघुवित्त वित्तीय संस्था बहादुरगन्जबाट २ वर्षअघि ५० हजार ऋण लिइन् । त्यसपछि महिनाको ५ हजारका दरले किस्ता तिर्न थालिन् । ‘साँवाब्याज सबै तिरें,’ उनले भनिन्, ‘अझै २५ हजार बाँकी छ भनेर कर्मचारी आइरहेका छन् ।’ पैसा बाँकी छैन भनेर पठाउँदा घरमा ताला लगाउँछौं भनेर धम्की दिने गरेको दुखेसो गरिन् ।

लघुवित्तबाट शिवराज नगरपालिकाका २० भन्दा बढी गाउँका १ सय ५० जना प्रभावित छन् । चन्द्रौटा, खरेन्द्रपुर र बहादुरगन्जमा रहेका नाडेप, नेरुडे, स्वाभिमान, ग्रामीण विकास, सिभिल, एनआईसी एसिया र मेरो माइक्रोफाइनान्स लघुवित्तलगायत वित्तीय संस्थाबाट आफूहरू पीडित भएको स्थानीय रफिल मुसलमानले बताए । ‘अहिले हामी पीडित संगठित भएका छौं,’ उनले भनिन्, ‘त्यही भएर लघुवित्तका कर्मचारी हुलै बाँधेर आउँछन् ।’

कर्मचारीले रातदिन खेद्न थालेपछि उनीहरूलाई देख्नासाथ कतिपय ऋणी घरमा ताला लगाएर लुक्ने र अन्यत्र गएर बस्ने गरेको रफिलले बताइन् । लघुवित्तले ज्यादती गरेको भन्दै ऋणीहरू संघर्ष समिति बनाएर गाउँमा चेतना फैलाइरहेका छन् । चन्द्रौटामा एक हजारमा भाडा तिरेर संघर्ष समितिको कार्यालयसमेत राखेका छन् ।

Tags: बैंक तथा बित्तलघुवित्त

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!