nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ३०, २०८३, ६:२५ मध्यान्ह
श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने २२ वर्षीय रवि यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०२-००९ प ०९८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने २५ वर्षीय मोहन बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख २४९० नम्बरको हायस जाँच गर्ने क्रममा चालक मोहनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

बाँकेको जानकी गाउँपालिका-६ कैरातीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास कुमार गडरियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङको बुढीगंगा गाउँपालिका-२ टंकी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ मिलिग्राम सहित सुनसरी हरिनगरा गाउँपालिका-७ बस्ने ३४ वर्षीय इक्रामुल जटलाई गए राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, फेनारगन १६ एम्पुल र बुप्रेनोर्फिन ४० एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-११ मालपोत चोक बस्ने २८ वर्षीय बिवेक थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले बा.७६ प ७४९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

रौतहटको गौर नगरपालिका-२ कबरगाहबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गढवा टोल बस्ने ३१ वर्षीय राकेश कुश्वाहा र २६ वर्षीय सुनिल कुमार बैठा रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले  बिआर ०५ एस ६६०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित बाजुरा बुढीगंगा नगरपालिका-५ बस्ने २५ वर्षीय नरेन्द्र बहादुर शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सिराहाको सुखीपुर नगरपालिका-८ सुखीपुर बजारबाट अवैध लागूऔषध गाँजा २० किलो ८ सय ९० ग्राम सहित धनगढीमाइ नगरपालिका-१४ बस्ने ४९ वर्षीय उमेश कुमार आले मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले स.७ प ६६२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ७० मिलिग्राम सहित ३ जनालाई  शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-८ बस्ने २३ वर्षीय नितेश चौधरी, २३ वर्षीय अर्पन राई र इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय मिलन कुमार चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले नितेश र अर्पनलाई ७ सय १० मिलिग्राम तथा मिलनलाई ५ ग्राम ६० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि सम्पति सकिन लाग्छ २७ हजार बर्ष

विश्व चर्चित सेफ सन्तोष साह महोत्तरीवाट पक्राउ

विश्व चर्चित सेफ सन्तोष साह महोत्तरीवाट पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!