सञ्जय मिश्रा/रौतहट । रौतहट प्रहरीले अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका प्रतिवादीविरुद्ध विशेष अभियान सञ्चालन गर्दै एकै दिन १८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार शुक्रबार जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले चेक अनादर, बैंकिङ कसुर, आपराधिक उपद्रव तथा लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये अधिकांश चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन्। त्यस्तै बैंकिङ कसुर, आपराधिक उपद्रव तथा लागूऔषध ९गाँजा० सम्बन्धी मुद्दामा अदालतबाट फैसला भई फरार रहेका व्यक्तिहरू पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका–४ का मुकेश साह, दीपु पटेल, श्रीराम साह, वडा नं। ८ का तेजनारायण रौनियार, रामलाल यादव, वडा नं। ७ का तुफानी राय यादव, प्रमोद प्रसाद पटेल, वृन्दावन नगरपालिका–९ का शेख मैनुल, गौर नगरपालिका–६ का शेख ज्याउल, वडा नं। ४ का सन्तोष चौधरीलगायत रहेका छन्।
उनीहरूलाई अदालतबाट तोकिएको कैद तथा जरिवाना कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शुक्रबार नै रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीहरूबाट कुल ३२ लाख २८ हजार ३०० रुपैयाँ जरिवाना असुली गरिएको तथा ७ महिना १३ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी खोजतलास तथा पक्राउ अभियानलाई थप सशक्त बनाइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।





















Discussion about this post