nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरलाई धार्मिक पर्यटकीय नगरी बनाउँदै उपमहानगर

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २८, २०७९, ७:३९ मध्यान्ह
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने घोषणा

जनकपुरधाम/माघ २८ गते । मधेस प्रदेशको राजधानी रहेको धनुषाको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । जानकी, राममन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गङ्गा आरती, शिव, सङ्कटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमानगढीलगायत मन्दिर यहाँ अवस्थित छन् ।

महर्षि जनकको पूण्यभूमि र माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित यस क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

मुख्यगरी यहाँ माता जानकीको मन्दिर दर्शन गर्न आउने छन् । आवश्यक व्यवस्थापकीय काम भएमा जानकी मन्दिरको अवलोकन गर्न आउनेले केही दूरीमा रहेका अन्य मन्दिरसमेत अवलोकन गरी आनन्द लिन सक्छन् । यिनै मठमन्दिर अवलोकनका लागि उचित योजना निर्माण र व्यवस्थापन हुन नसक्दा धार्मिक पर्यटकले सोचेअनुसार आनन्द लिन सकेका छैनन् ।

पहिलो पटक जनकपुर आउनुभएकी काठमाडौँकी हीरादेवी बिसीले मठमन्दिरको हिसाबले सुन्दर ठाउँ भए पनि पार्किङ, प्रतीक्षालय र छाडा पशुचौपायाको व्यवस्थापन हुन सके अझ सहज हुने बताए । “मन्दिर दर्शन गर्न आएकाले सडक छेउमै गाडी राख्नुपर्ने अवस्था छ, मन्दिर घुमिसकेपछि थकाइ मार्ने उपयुक्त बस्ने ठाउँको पनि व्यवस्थापन रहनेछ”, उनले भन्ने, “स्थानीय सरकारले उपयुक्त पार्किङस्थल, सफा शौचालय र बसेर आराम गर्न मिल्ने ठाउँको व्यवस्था गरेको भए राम्रो हुने थियो ।”

जनकपुरधाम उपमहानगरपालिकाले भने धार्मिक पर्यटकका यस्तै गुनासालाई सम्बोधन गर्न धार्मिक क्षेत्र सुधारका काम गरिरहेको जनाएको छ । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो प्रमुख प्राथमिकतामध्ये धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी विकासका गतिविधि गर्नु रहेको बताए । उनले धार्मिक पर्यटकलाई लक्षित गरी योजनाबद्ध रुपमा धार्मिक क्षेत्र सुधारका काम अगाडि बढाइएको बताए ।

“जनकपुरलाई धार्मिक पर्यटन नगरीका रुपमा विकास गर्न सोहीअनुसार मैले योजना बनाएको छु”, नगरप्रमुख साहले भन्ने, “त्यही योजनाअनुसार फोहरमैला व्यवस्थापन, पार्किङ निर्माण र फुटपाथ निर्माणको काम हुँदैछ ।” जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ मन्दिर छेउमा बनाउन लागिएको सुविधा सम्पन्न पार्किङ सोही योजनाको सुरुआती भएको उनले बताए ।

बाह्र कट्ठाभन्दा बढी जग्गामा बन्न लागेको सुविधासम्पन्न पार्किङले जनकपुरधाममा रहेका मन्दिरको दर्शन गर्न आउने पर्यटक लाभान्वित हुने अपेक्षा गरिएको छ । “अन्य समस्या त छँदैछन्, मुख्यरुपमा मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकले गाडी सडक छेउमै पार्किङ गर्नुपर्ने अवस्था छ । जसले ट्राफिक व्यवस्थापनमा पनि कठिनाई भइरहेको छ”, नगरप्रमुख साहको भनाइ छ, “यस समस्यालाई मध्यनजर गरी वडा नं ८ स्थित दशरथ मन्दिर छेउमा पर्किङ बन्दैछ । यसको निर्माणपछि सहजरुपमा गाडी पार्किङ गरेर पैदल हिँडेर मुख्य धार्मिकस्थलको अवलोकन गर्न सघाउ पुग्नेछ ।”

उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले करिब रु पाँच करोड लागतमा बन्न लागेको पार्किङस्थलमा प्रतिक्षालय, सार्वजनिक शौचालय, कार्यालय, सानो व्यापारिक क्षेत्रसहितको संरचना रहने बताए । “धार्मिक पर्यटकलाई लक्षित गरी बन्ने यो पार्किङका लागि चालु आर्थिक वर्षमा रु ६० लाख बजेटमा माटो भरण, कम्पाउण्ड वालसहित प्रारम्भिक कार्य हुनेछ”, इन्जिनियर यादवले भन्नुभयो, “आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी हामीले योजना बनाएका छौँ, त्यसपछि अहिले धार्मिक पर्यटकले भोग्ने समस्या केही हदसम्म समाधान हुनेछ ।”

अव्यवस्थितरुपमा सवारीसाधन पार्किङका कारण नगरक्षेत्रमा ट्राफिक व्यवस्थापनमा समेत सघाउ पुग्ने उपमहानगरपालिकाको विश्वास छ ।

उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पनि धर्म, संस्कृति र मठमन्दिरले जोडेको जनकपुरलाई सजाउने, सिगार्ने र सुन्दर बनाउने काममा उपमहानगरपालिकाले आवश्यक काम गर्ने बताउनुभयो । उहाँले जनकपुरलाई धार्मिक पर्यटकीय नगरीका रुपमा विकास गर्न मन्दिरको सौन्दर्यीकरण, सडकपेटी निर्माण र छाडा पशुचौपाया व्यवस्थापनको काम गरिने बताए । तर, यहाँको अधिकांश जग्गा गुठी संस्थानको नाममा रहेकाले सुधारका कार्य गर्न केही कठिनाइ भइरहेकाले गुठीसँग समन्वय गरेर आवश्यक जग्गा भाडामा लिएर फोहोर व्यवस्थापनलगायतका काम गरिने र त्यसले अहिलेको अवस्थामा थप सुधार हुने उनले बताए । “जनकपुरधामको मुख्य विशेषता नै धार्मिक मठमन्दिर हुनु हो, यसको उचित व्यवस्थापन हुनसके त्यसबाट अझ धेरै लाभ लिन सकिन्छ”, उपप्रमुख साहले भन्नुभयो, “पौराणिक धार्मिक नगरीलाई आधुनिक धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्न हामीले मापदण्डअनुसार योजनाबद्धरुपमा सुधारका काम गर्छौं, पहिलो आर्थिक वर्षमा त्यसको सुरुआत भई आगामी पाँच वर्षभित्र साँच्चै धार्मिक पर्यटन नगरीका रुपमा यहाँको विकास हुनेछ । त्यस कार्यमा हामी सबै लागिरहेका छौँ ।”

नगरप्रमुख साहले पनि उपमहानगरपालिकाको योजनामा यहाँस्थित गुठीले आवश्यक सहयोग गरेमा पाँच वर्षमा जनकपुर र यहाँका धार्मिकस्थललाई हेर्न लायक बनाउन सकिने दाबी गर्नुभयो । “धार्मिक पर्यटकीय नगरी बनाउने गरी हामीले सुधारको काम थालिसकेका छाँै, सडक बाटो, फोहर व्यवस्थापन, छाडा पशुचौपाया व्यवस्थापन र अन्य आवश्यक पूर्वाधार निर्माण गरी हाम्रो कार्यकालभित्रै यो योजना पूरा गर्ने छौँ तर यसमा गुठी संस्थानलगायत सबैको साथ र सहयोग अपरिहार्य छ”, नगरप्रमुख साहले भन्ने । रासस

Tags: जनकपुरधामधनुषा खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!