nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा उपल्लो जातकी लक्ष्मी जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १८, २०७९, ८:११ मध्यान्ह
सप्तरीमा उपल्लो जातकी लक्ष्मी जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

राजविराज/माघ १८ गते। जातीय छुवाछुत निर्मुल पार्न देशमा ऐन, कानुन बनिसक्दा पनि यो नियन्त्रण हुन सकेको छैन् । उपल्लो जातले दलितसँग र दलितभित्रका सानो जातलाई दलितभित्रकै उपल्लो जातले अहिले पनि छुवाछुतको नजरबाट हेर्ने गर्छन् ।

जातीय छुवाछुत कायम रहेको अवस्थामा पनि उपल्लो जातका युवकले तल्लो जातका युवतीसँग भागेर भएपनि विवाह गरेका घट्ना बाहिर आउने गर्दछ । उपल्लो जातका युवकले तल्लो जातका युवतीसँग विवाह गरेको सुनिएपनि मधेशका जिल्लामा उपल्लो जातकी महिलाले तल्लो जातका पुरुषसँग विवाह गरेको दृष्टान्त न्यून नै छ ।

सप्तरीमा भने कसैले सोंच्न नसकेको एउटा विवाह भएको छ । मधेशमा सबैभन्दा तल्लो जातको रुपमा हेरिने डोम समुदायका पुरुषसँग उपल्लो जातकी महिलाले विवाह गरेको पाइएको छ । सुन्दा एकछिन विश्वास नलाग्ने घट्ना यथार्थ हो । र, डोम समुदायका पुरुषसँग विवाह गर्ने महिला खुशी–खुशी जीवन बाँचिरहेकी छन् ।

जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर २, हर्दिया टोल निवासी रत्ना मरिक डोमसँग वैवाहिक बन्धनमा बाँधिएकी छन् लक्ष्मीकुमारी दास । सप्तरीकै डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडा माइती भएकी दास र मरिकबीच एक दशकअघि नै विवाह भएको हो । अहिले दुबैका चार जना छोरी छन् । जेठी छोरी ९ बर्षका, माइली ६ बर्षका छोरी रहेका रत्ना र लक्ष्मीलाई ३ बर्षअघि पनि जुम्ल्याहा छोरी नै जन्मिएको छ ।
विवाह गर्दाको शुरुवाती केहि बर्ष दुःख झेल्नुपरेका दुबै अहिले राम्रोसँग बसिरहेको बताउँछन् । लक्ष्मी अहिले ३९ बर्षको पुगेकी छन् भने रत्ना ४१ बर्षका भएका छन् ।

रक्सी बेच्दा र पिउँदाको प्रेम

सप्तरीको तत्कालिन पत्थरगाडा गाविस घर भएकी लक्ष्मी र हर्दिया गाविस घर भएका रत्नाको भेट्ने कुनै तात्पर्य नै हुँदैन्थ्यो । यो दुबै ठाउँ दूरीको हिसाबले पनि टाढा नै छ ।

लक्ष्मीका बुवा झण्डै दुई दशकअघि सिरहाको लहानस्थित खुटी खोला छेउमा रक्सी पसल थापेका थिए । डोम समुदायका रत्ना साथीसँग उनको पसलमा प्रायः रक्सी पिउन गइरहेका हुन्थे । लक्ष्मी पनि कहिलेकाहीं पसलमा आउँथिन् ।

घरबाट आवतजावत गरेपनि लक्ष्मी र रत्नाको देखादेख प्रायः हुन्थ्यो । ‘मलाई त शुरुमै लक्ष्मी राम्री लाग्न थालेकी थिइन्’ रत्ना सम्झन्छन्, ‘त्यस बेला त्यो कुरा सोंच्नु पनि पाप थियो । कारण, म जातको डोम, अनि लक्ष्मी उपल्लो जातकी ।’भित्रभित्रै लक्ष्मीलाई मन पराउन थालेको रत्ना भने यो कुरा कसैसामु व्यक्त गर्न सक्तैन्थे । भन्छन्, ‘यो कुरा कसैले थाहा मात्र पाएको भए मलाई त्यस बेला मा¥थ्यो ।’

रत्ना मात्रै होइन लक्ष्मी पनि रत्नालाई भित्रभित्रै मन पराउन थालेकी थिइन् । तर, परिवारले कहिले नस्वीकार्ने भनेर उनी पनि चुप लागेरै बसिन् । भन्छिन्, ‘दुई चार दिनमै उहाँ राम्रो मान्छे हो भन्ने लागिसकेको थियो । तर, व्यक्त गर्ने ठाउँ पाइनँ । बुवाले थाहा पाएको भए खोलामै काटेर फालिदिने डर थियो ।’

डोम जातीको पानी समेत नखाने समाजले डोम पुरुषसँग माया, प्रेम अनि विवाहको कुरा सोंच्नु पनि विद्रोको कुरा थियो लक्ष्मीका निम्ति । उनी तत्काल यो बिद्रोको मनस्थितिमा पुगिनन् । दुबै जना मनमनै आपसी प्रेमको कुरा खेलाइरहन्थे ।

‘कहिलेकाहीं त रक्सी पिउन किन आएको भनेर रत्नालाई गाली पनि गरिहल्थें’ लक्ष्मी सम्झिन्छिन्, ‘तर, कुनै उत्तर आउँदैन्थ्यो ।’
त्यहीं जिस्काजिस्कीमा एकले अर्कालाई प्रेमको प्रष्टफुटित गरिएको बताउँछन् रत्ना र लक्ष्मी । दुबैलाई एकअर्काप्रति प्रेम भएको भाव बाहिरिएपछि एक भएरै छाड्ने उनीहरुले प्रण गरे । दुबै भागे । र, मन्दिरमा विवाह गरे ।

विवाहपछिको पीडा

डोम समुदायका पुरुष र उपल्लो जातकी महिलाले भागेर विवाह गरेको कुरा केहि दिनमै गाउँभरि फैलियो । रत्नालाई त उनकै परिवारले मार्नका लागि खोज्न थालेको बताउँछन् स्थानीय बालेश्वर चौधरी । ‘उनको परिवारले समातेर नबुझाए समग्र परिवारलाई नै ज्यानको जोखिम थियो’ चौधरी भन्छन्, ‘त्यस बेला रत्ना र लक्ष्मी लुकी–लुकी केहि बर्ष बिताएका थिए ।
पछि रत्नाको परिवारले वास्ता गर्न छोडेपछि दुबै खोला छेउमा टहरा बनाएर बसेका थिए ।

यता, लक्ष्मीको परिवारले धेरै दिनसम्म उनको खोजी ग¥यो । पछि उनीहरुले पनि वास्ता गर्न छाडेको लक्ष्मी बताउँछिन् । माहौल शान्त भएपछि दुबै जना मिलेर सरसफाईको काम थाले । अहिले गाउँमै सानो घर बनाएर उनीहरु जिविकोपार्जन गरिरहेका छन् ।

‘त्यस बेलाको पीडाबारे नसोध्नुस, धेरै याद पनि छैन’ आईतबार जिल्ला प्रशासन कार्यालय, राजविराजमा रत्नासँगै भेटिएकी लक्ष्मी भन्छिन्, ‘हाम्रो विवाह लेखिएको थियो, भयो । अब यसबारेमा केहि भन्दिनँ ।’आफ्ना पिताका चार सन्तानमध्ये लक्ष्मी जेठी थिइन् । विवाह गरेपछि अहिलेसम्म माइततिरका कसैसँग पनि उनको सम्बन्ध छैन् ।

उनी नागरिकता बनाउन आफ्ना पति रत्नालाई लिएर जिल्ला प्रशासन कार्यालय आएकी थिइन् । भन्छिन्, ‘नगरपालिकामा सरसफाई गर्ने कामका लागि पनि नागरिकता माग्दा बनाउन आएकी हुँ ।’

दुबैले २०७० सालमै विवाह दर्ता गराइसकेका छन् । लक्ष्मीले थपिन्, ‘सानो जातका पुरुषसँग विवाह गर्दा सरकारले रकम दिने कुरा सुनेकी छु, तर पाउन सकेको छैन् । यसो दिलाइदिनुसन् ।’स्रोत-ग्रीन मधेस बाट

Tags: सप्तरी खबरसप्तरी स्थानीय खबर

Discussion about this post

Related Posts

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि