माघ १६ गते। धनुषा जिल्लाको साविक फूलगामा गा.वि.स-५ २०४३ सालमा जन्मिएकी अञ्जु साहको १५ वर्षको उमेरमै बिहे भयो । उनको बिहे २०१५ सालमा नगराईन नगरपालिका वडा नं ४ का बंजरगी साहसँग भएको हो । बिहे अघि परिवारमा खासै दुःख नगरेकी अञ्जु बिहेपछि पारिवारिक जिम्मेवारीमा परिन् । बिहे भएको तीन वर्षपछि पहिलो उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिइन् । त्यसपछि उनका २ छोरा पनि जन्मिए । अञ्जुलाई परिवारमा थप जिम्मेवारी थपिँदै गयो र घर खर्च बढ्न थालेपछि उनी चिन्तित हुन थालिन् ।
आर्थिक अवस्था कमजोर रहेकाले घर बसेर मात्र केही नहुने र भविष्यको लागि आय आम्दानी हुने काम केही गर्नुपर्छ भन्ने सोच विचारमा उनी पुगिन् । यसका लागि उनलाई आर्थिक सहयोगको आवश्यकता थियो । उनी आफ्नो आवश्यकता परिपूर्तिका लागि रकमको खोजीमा लागिन् । तर गाउँघरमा सयकडा ३ का दरले पैसा पाउन पनि गाह्रो रहेको अवस्थामा उनले रकम जोरजाम गर्न सकिनन् ।
पहिले लघुवित्त वित्तीय संस्था तथा समूहको बारेमा केही थाहा नपाएकी अञ्जुले ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाले सामूहिक जमानीमा बिना धितो कर्जा लगानी गर्ने थाहा पाइन् । आफ्ना छरछिमेकमा महिला दिदीबहिनीहरुको समूह बनाएर उनले आर्थिक उपार्जनका लागि लघुवित्त वित्तीय संस्थामा बसेर कर्जा लिइन् ।
धनुषा जिल्लामा रहेको ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको शाखा र्कायालय नगराईनका कर्मचारीहरुसँग उनको भेट भयो र छलफल गरी उनले २०७६ चैतमा आफनै गाउँ फूलगामामा १२ जना महिला दिदीबहिनीको समूह गठन गरिन् । त्यसपछि उनले सोही समूहबाट सामूहिक जमानीमा बिनाधितो पहिलो पटक ७५ हजार कर्जा लिइन् ।
कर्जा लिएको रकमबाट सानो लगानीमा उनले किराना पसल सुरु गरिन् । किराना पसलले दैनिकी चलाउन केही सहज बनाएको भए पनि भविष्यको लागि आइपर्ने खर्चको जोहो गर्न किराना पसलको कमाइले मात्र पुगेन । त्यसपछि अञ्जुले श्रीमानसँग सल्लाह गरेर उद्योग वाणिज्य संघको कार्यालयमा दर्ता गराएर अर्को व्यवसाय पनि गर्ने निर्णयसहित दोस्रो पटक समूह जमानीमै २०७७ साल फागुनमा १ लाख ५० हजार कर्जा लिएर पी एकलाख पचास हजार मात्र) कर्जा लिई छोराको नाममा कृष्णा अलमुनियम वर्क सप खोलिन् ।
अहिले उनले छोरीको बिहे गरिसकिन् र २ छोरासहित हाल उनको ४ जनाको परिवार रहेको छ । आफू किराना पसल चलाउँछिन् भने श्रीमान् अलमुनियम वर्कशप चलाउँछन् । यसरी दवै व्यवसाय फस्टाउँदै गएपछि बजारमा समान ढुवानी गर्नका लागि उनीहरुले एउटा मोटर साइकल पनि खरिद गरेका छन् ।
हाल उनले किराना पसलमा सामानहरु थप्नका लागि ४० हजार कर्जा थपेकी छिन् । उनी भन्छिन्, “अहिले हामी हाम्रो परिवार खुसी छ । सुखी सम्पन्न परिवार सबैको चाहना हो । मेरो मेहनत र ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको सहयोगले आज म यो ठाउँमा छु ।”
सामान्य लेखपढ मात्र गरेकी अञ्जु अहिले आफैँ बचत तथा कर्जाको हिसाब राख्न र अरुलाई बुझाउन सक्ने भएकी छिन् । समुहमा बस्नु अघि मानिसको अगाडि बोल्न डराउने उनी अहिले आफनो केन्द्रको नेतृत्व गर्छिन् । उनी थप भन्छिन्, “मेहनती र सीप भएका तर आर्थिक रुपले पछि परेका महिला दिदी बहिनीहरुका लागि यो ग्लोबल आईएमइ लघुवित्तले सहयोग गरी महिलाहरुलाई आत्मनिर्भर, तथा उद्यमी बनाउन भरपूर सहयोग गरेको छ र भविष्यमा पनि गर्नेछ भन्ने आशा लिएकी छु ।’
Discussion about this post