सप्तरी/माघ १३ गते। सप्तरीमा ऋण तिर्न नसकेर मानसिक तनावले रामदेव मरिकले रुखमा झुण्डिएर आ त्मह त्या गरेका छन् ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीय रामदेव मरिक घरभन्दा करिब ३ सय मिटर रहेको आँपको रुपमा झु ण्डिएको अवस्थामा फेला परेका हुन् ।
दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेवले समयमा सो वित्तीय संस्थाको किस्ता तिर्न नसकेपछि पटक पटकको ताकेताले तनावमा थिए । तनाव सहन नसकी उनी आ त्मह त्या गर्न बाध्य भएको स्थानीयहरुको भनाइ छ ।
सोमबार राति खाना खाएर सुतेका उनी मंगलबार घरभन्दा ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झु ण्डिएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गत वैशाखमा २० वर्षीय छोरा राजकुमार मरिकको विवाह गर्ने बेलामा पत्नी उर्मिलादेवीको नामबाट १३ मंसिर २०७८ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार र त्यसपछि महुली लघुवित्त वित्तीय संस्थाबाट १५ हजार रुपैयाँ ऋण लिएको थियो ।
प्रत्येक महिनाको ९ गते किस्ता बुझाउनु पर्नेमा सोमबार उनका पत्नी उर्मिला समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्यहरु किस्ता लिन घरमै आएको र मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर धम्काएर गएपछि गाउँमै ऋण खोज्न थालेका बुवा तनावमा परेको छोरा राजकुमार मरिकले भने ।
उनले भने “ग्लोबलको ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ । महुली लघुवित्तको ४ हजार ३ सय ३ रुपैयाँ ९० पैसा तिर्न बाँकी छ ।” किस्ता तिर्न नसक्दा दुवै वित्तीय संस्थाको पटक पटकको ताकेता सहन नसकी आफ्नो बुवा आ त्मह त्या गर्न बाध्य भएकाे उनले बताए ।
तनावकै कारण आ त्मह त्या गरेको कुनै कारण अहिले सम्म नखुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले बताएका छन् । उनले आ त्मह त्या भएको उल्लेख गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा उनको मृत्युको विषय समेत आज दिउँसोबाट चर्को रुपमा उठिरहेको छ र आ त्मह त्या गर्न बाध्य पार्ने महुली लघुवित्त र ग्लोबल आइएमई लघुवित्तका कर्मचारीविरुद्धमा आ त्मह त्या दुरुत्साहनमा मुद्दा चलाउन माग भइरहेको छ ।स्रोत-ईकागज अनलाईन बाट














Discussion about this post