सिरहा/मंसिर ८ गते । सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका रामशङ्कर यादव २९ हजार चार सय ६२ मत प्राप्त गरि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन ।
उनी नपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री पदम नारायण चौधरीलाई दुई हजार ८३ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरेका छन । त्यस्तै तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले भने छ हजार आठ सय ४९ मत प्राप्त गरेका छन ।














Discussion about this post