nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी–२ मा सीके राउतको पक्षमा कसरी आयो लहर ?

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ६, २०७९, ८:१७ मध्यान्ह
सप्तरी–२ मा सीके राउतको पक्षमा कसरी आयो लहर ?

मंसिर ६ गते। मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मत परिणाम आइरहेका छन् । यसै क्रममा सप्तरी–२ मा प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दोब्बर मतान्तरले पछाडि पारेका छन् ।

खण्डमा उनी फेरि त्यही अवस्थामा आउन सक्ने साहको भनाइ छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरीमा विकास गरे पनि जनताको प्रत्यक्ष सरोकार भएको विषयमा त्यति ध्यान नदिएको गुनासो छ ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने मठ, मन्दिर, दलान, सडक, सिंचाई, कृषिलगायतमा उनले खासै काम नगरेको स्थानीयवासी बताउँछन् । यद्यपि, शिक्षा र स्वास्थ्यमा उनले उल्लेख्य काम गरे पनि जनताले त्यसबाट तत्कालै विकासको अनुभूति गर्न नसकेको सरोकारवालाहरु बताउँछन् ।

नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव भन्छन्, ‘उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य तथा सडक यातायातमा ऐतिहासिक काम गर्नुभयो तर जनताले त्यसको तत्काल अनुभूति गर्न सकेन, त्यसले जनतलाई तत्काल फाइदा देखाएन । त्यस कारण उपेन्द्र यादव जनताबाट टाढिएको जस्तो अनुभूति हुन्छ ।’

उपेन्द्र यादव पछाडि पर्नुमा जातीय फ्याक्टरले पनि ठूलो काम गरेको छ । उनी यादव समुदायका हुन् र उनले यादव समुदायलाई मात्र संरक्षण गरेको आरोप लाग्दै आएको छ । पार्टीमा पनि यादव समुदायकै हालीमुहाली रहेको कार्यकर्ताहरुको गुनासो छ ।

सुखराम यादव भन्छन्, ‘पटक पटक सत्तामा जाँदा वा सत्ताको वरिपरि रहँदा अन्य समुदायका लागि खासै सुखद् अनुभूति गरेनन्, त्यसले गर्दा यसपटक उनीहरुले विकल्प रोजे ।’

अर्कोतिर जनमत पार्टीका अध्यक्ष सीके राउतले दलित, आदिवासी, जनजातिलगायतका समुदायलाई समेट्ने प्रयास गरेको बताउँदै उनले त्यही भएर पनि यस पटक अन्य समुदायकाले राउतलाई रोजेको बताए । 

उपेन्द्र यादवले पाँच दलीय गठबन्धन छाडेर एमालेसँग गठबन्धन गरेका थिए । जबकि एमालेप्रति मधेसमा राम्रो सोच छैन । त्यो जान्दा जान्दै एमालेसँग गठबन्धन गर्नु नै उपेन्द्र यादवका लागि ठूलो भूल भएको धेरैको विश्लेषण छ ।

एमाले अध्यक्ष ओली उपस्थित कार्यक्रमबाटै मलेठ घटना भएका कारण स्थानीयवासीले त्यसको दोषी ओलीलाई नै मान्छन् । मलेठ क्षेत्र उपेन्द्र यादवकै निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि मलेठ घटनालाई जोडेर यो चुनावमा उपेन्द्र यादवको निकै आलोचना भयो ।

नागरिकता विधेयकमा मधेसले एमालेलाई दोषी देख्छ तर उपेन्द्र यादवले सोही एमालेसँग गठबन्धन गरे । मधेसको माग पूरा हुन नदिनुमा एमाले जति दोषी छ, त्यति नै दोषी उपेन्द्र यादव रहेको भन्दै चुनावअवधिभर निकै चर्चा भयो ।

नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव भन्छन्, ‘उपेन्द्र यादव हार्नुमा एउटा महत्वपूर्ण पार्टी देशी विदेशी शक्ति हो, विगत १५ दिनदेखि देशी विदेशी विभिन्न एजेन्सीले उपेन्द्र यादवको विरुद्धमा काम गरिरहेका थिए । उपेन्द्र यादव हार्नु त्यो पनि एउटा कारण हो ।’

तर यसलाई तुलानारायण साह मान्न तयार छैनन् । उनी भन्छन्, ‘यदि भारतले उपेन्द्र यादवलाई हराउन तागत लगायो भने महन्थ ठाकुरलाई किन बचाउन सकिरहेको छैन त ? त्यो गलत प्रचार हो, जनताको अगाडि कसैको केही चल्दैन । उपेन्द्र यादवले जनतालाई विश्वासमा लिएको भए कुनै शक्तिले केही गर्न सक्नेवाला थिएन ।’

२०५६ यता कुनै पनि नेता त्यहाँ दोहोर्‍याएर जितेका छैनन् । उपेन्द्र यादवले त्यसलाई ब्रेक गर्न खोजेका थिए । स्व.गजेन्द्रनारायण सिंह २०५६ मा चुनाव हारेका थिए । त्यसपछि जो जो सो क्षेत्रबाट चुनाव लडे, एकपटक भन्दा बढी चुनाव जित्न सकेका छैनन् । उपेन्द्र यादवले दोस्रो पटक प्रयास गरे, त्यसमा उनी सफल हुन सकेनन् ।

गजेन्द्रनारायण सिंहसँग लामो समय काम गरेका दिलीप सिंह भन्छन्, ‘मधेसी जनताको अपेक्षा धेरै ठूलो छ, उनीहरु तत्काल आफ्नो फाइदा खोज्छन्, जो उपेन्द्र यादवले पूरा गर्न सक्नु भएन ।’

सीके राउत नयाँ नेता भएकाले मतदाताले उनलाई यो पटक मौका दिएको उनको भनाइ छ । सीके राउतले पनि ठूला ठूला सपना बाँडेका छन् । त्यसबाट लोभिएर मतदाताले सीके राउतलाई मतदान गरे । ती आकांक्षा पूरा नभए जनताले फेरि विकल्प खोज्ने सिंह बताउँछन् ।  

साभार-रातोपाटि बाट

Tags: चुनावमधेस प्रदेश खबरसप्तरी खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि