मंसिर ६ गते । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई प्रदेशसभा सदस्य निर्वाचनमा जनमत पार्टीका नेता सतिशकुमार सिंहले पराजित गरेका छन् ।
सप्तरी–२ (१) बाट प्रदेशसभामा निर्वाचित सतिशले ८ हजार ४४२ मतान्तरले मन्त्री साहलाई पराजित गरेका हुन् ।
सिंह १६ हजार ७३४ मत ल्याएर विजयी हुँदा साहले ८ हजार २९२ मतमात्र ल्याए ।
मधेशका हालका अर्थमन्त्री साह आगामी प्रदेशसभामा मुख्यमन्त्रीको दाबेदार थिए । यसअघि सप्तरी–२ (२) बाट पनि जनमत पार्टीका महेश यादव निर्वाचित भएका थिए ।





















Discussion about this post