विराटनगर/मंसिर ४ गते । सुनसरीको बर्जु गाउँपालिका-५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विष्फोट भएको हो ।
विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार संकास्पद बस्तु पड्किंदा एक बालिका सामान्य घाइते भएकी छन् ।
उनका अनुसार मतदान केन्द्र नजिकै पड्किएको वस्तु पटका हो ।पट्का पड्किए पनि सामान्यरुपमा मतदान जारी रहेको उनले बताए ।-अनलाईन खबर बाट





















Discussion about this post