जनकपुरधाम/असोज १७ गते। राजदेवी मन्दिरमा सोमबार साँझदेखि बोकाव ली प्रदान हुने भएको छ ।
महाअष्टमीको राति यस वर्ष १४ हजारकै हाराहारीमा बोकाव ली प्रदान हुने अनुमान गरिएको छ । बोकाव लीका लागि शनिबार साँझसम्म सात हजारभन्दा बढी रसिद काटिसकेको र आइतवार सो संख्या दोब्बर पुगेको हुन सक्ने महावीर युवा कमिटिका उपाध्यक्ष महेश साहले जानकारी दिए । उनका अनुसार रसिद गत विहीबारदेखि तीन ठाउँमा काट्ने कार्य भइरहेको छ ।
गुठी संस्थान जनकपुर, महावीर युवा कमिटि र राम युवा कमिटिले बोकाव लीको रसिद काट्ने गरेका छन् । पछिल्लो समय बोकाव ली प्रदान गर्ने संख्या बढ्दै गएको छ । यद्यपि कोरोना महामारीको पहिलो लहरमा बोकाव ली हुने संख्या आधी भएको थियो ।
राजा जनकको कुलदेवता मानिएको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राति बोकाब ली हुने गरेको छ । सोमबार साँझ साढे आठ बजेदेखि बोकाब ली दिइने आयोजकको तयारी छ । यस पटक पनि मन्दिर भित्र चार ठाउँमा बोकाव ली हुनेछन् ।
साभार स्रोत-ईजनकपुर टुडे बाट













Discussion about this post