nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १९, २०८२, ३:२८ मध्यान्ह
दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

गिरिजानन्द साह/जनकपुरधाम/मंसिर १९ गते। चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डद्वारा आयोजित दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु भएको छ। मैथिली भाषा, साहित्य तथा सिर्जनात्मक क्षमताको विकास गर्ने उद्देश्यसहित आयोजित यो प्रशिक्षण स्थानीय स्तरमै सिर्जनशील युवालाई प्रोत्साहन गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ।

कार्यक्रमको विशेषतामा बोर्डले नयाँ प्रथाको सुरुवात गर्दै तीन जना विद्यार्थी — कुनाल कुमार मिश्र, स्वस्तिका मण्डल र चाँदनी खातुन — लाई प्रमुख अतिथिको भूमिका प्रदान गरेको थियो। विद्यार्थीलाई नै प्रमुख अतिथिको रूपमा सम्मानजनक स्थान दिइनुले युवाहरूमा सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने प्रयास रहेको आयोजकले बताएको छ।

 

प्रशिक्षणका प्रशिक्षकका रूपमा पुर्नेन्दु कुमार झा रहेको छन्। कार्यक्रमका अतिथिहरूमा एन प्याब्सन धनुषाका अध्यक्ष दीपक ठाकुर, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, साहित्यकार श्यामसुन्दर शशीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखीले गरेका थिए। आफ्नो मन्तव्यका क्रममा अध्यक्ष लेखीले यस प्रशिक्षणबाट सहभागीहरूले चलचित्र तथा लघुचलचित्र निर्माणमा आवश्यक पर्ने मौलिक ज्ञान, भाषिक दक्षता तथा साहित्यिक समझ बढाउन सक्ने विश्वास व्यक्त गरे। चलचित्र निर्माणमा मैथिली पहिचान, मौलिक भाषा तथा आञ्चलिक शैलीको प्रयोग अत्यन्त महत्त्वपूर्ण रहेको पनि वहाँले जोड दिनुभयो।

बोर्डका सदस्य राम स्वागत चौधरीले कार्यक्रमको उद्देश्य र महत्वबारे विस्तृत रूपमा प्रकाश पार्दै प्रशिक्षणले मैथिली भाषामा चलचित्र तथा लघुचलचित्र निर्माण, संवाद लेखन, स्क्रिप्ट निर्माण तथा साहित्यिक प्रस्तुतीकरणका क्षेत्रमा सहभागीसँगै स्थानीय प्रतिभा तथा संस्कृतिको उन्नतिमा सहयोग गर्ने बताए।

प्रशिक्षण आगामी मंसिर १९ र २० गते जनकपुरधामस्थित मैथिली विकास कोषमा सुरु भएको छ ।

बोर्डका अनुसार प्रदेशमा मैथिली भाषिक सांस्कृतिक समृद्धि तथा फिल्म निर्माणको बढ्दो अभ्यासलाई व्यवस्थित, शुद्ध र कलात्मक ढंगले प्रवर्द्धन गर्न प्रशिक्षण महत्वपूर्ण हुने बताइन्छ। हाल चलचित्र तथा लघुचलचित्र निर्माणमा स्थानिय भाषाको प्रयोग बढ्दै जाँदा त्यसमा भाषिक शुद्धता, संवाद निर्माण, कथानक विकास तथा साहित्यिक प्रस्तुतीकरणमा क्षमता विकास आवश्यक देखिएको बोर्डको भनाइ छ।

कार्यक्रममा ५० जनासम्म सहभागी समावेश गरिनेछ। सहभागीमा स्थानीय चलचित्र निर्माता, निर्देशक, लेखक, विद्यार्थी, युवा सर्जक, पत्रकार, डिजिटल क्रिएटर तथा नाट्य–थियटरकर्मीहरू रहनेछन्। आवश्यक परे सहभागी संख्या बोर्डले समायोजन गर्न सक्ने जनाएको छ।

प्रशिक्षणमा चलचित्र अध्ययन, पटकथा लेखन तथा मैथिली भाषा–साहित्यमा दक्ष विज्ञहरूले प्रशिक्षण दिनेछन्। मुख्य प्रशिक्षकले कथा, संवाद, स्क्रिप्ट लेखनका मूल सत्र सञ्चालन गर्नेछन् भने सह–प्रशिक्षकहरूले व्यावहारिक अभ्यास, समूह कार्य तथा स्क्रिप्ट मूल्यांकनमा सहयोग गर्नेछन्।

कार्यक्रमका लागि प्राविधिक टोलीले प्रोजेक्टर, ध्वनि प्रणाली, प्रस्तुति तथा फोटो/भिडियो डोकुमेन्टेसन व्यवस्था गर्नेछ। बोर्डले प्रशिक्षणपछि सहभागीबाट नै मैथिली भाषामा लघु–स्क्रिप्ट तयार गराई व्यावहारिक कौशल विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि