जनकपुरधाम/मंसिर २० गते। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेसमा बनेको नयाँ गठबन्धन अब अन्य प्रदेशमा लागु हुने बताएका छन्। मधेसमा एमालेबाहेकका दलबीच बनेको नयाँ गठबन्धन प्रति उत्साहित हुँदै संयोजक प्रचण्डले अब अन्य प्रदेशमा समेत यस्तो गठबन्धन बन्ने बताए।
जनकपुरधाम स्थित नेपाली कम्युनिष्ट पार्टीको मधेस प्रदेश स्तरिय एकता सभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेस परिवर्तनको पक्षमा भन्ने कतिथ गठबन्धन भत्कीएको छ अब नयाँ गठबन्धनको सुरुवात भएको बताए।
पुरानो गठबन्धन परिवर्तन विरोधी रहेको कारण मधेसमा परिवर्तनकारी शक्तिहरुको गठबन्धन बनेको भन्दै खुशी प्रकट गरे। कृषिमा क्रान्ति भएको खण्डमा मात्रै मधेसको आर्थिक उन्नति हुने भन्दै संयोजक प्रचण्डले मधेसको कृषि विकासको लागि आफुहरु सकारात्मक रुपमा अगाडि बढेको बताए।













Discussion about this post