असोज १६ गते । आफ्नै अंगरक्षक (सुरक्षा गार्ड) प्रहरी महिलामाथि जब र्जस्ती क रणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगाना प क्राउ परेका छन् ।
उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिप्रका धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले पुष्टि गरे ।
स्रोतका अनुसार आरोपित प्रहरी निरीक्षक ढुंगानालाई हतकडी लगाएरै जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो । खानीखोलाको प्रहरी निरीक्षकमा पोस्टिङ हुनका लागि पावर र पैसाको प्रयोग हुने गर्छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीका अनुसार महिला प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुंगानाले जब र्जस्ती क रणी गरेको उजुरी परेपछि उनलाई प क्राउ गरेर छानबिन भइरहेको छ ।
Discussion about this post