आदित्य अजय/राजबिराज/ भाद्र ०१ गते। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्या न गएको छ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेलकी २२ बर्षीय सिमला देवी साहको गर्भमा रहेको शिशुको समयमा उपचार नपाउँदा मृ त्यु भएको आफन्तहरुले आरोप लगाएका हुन् ।
सुत्केरी व्यथा लागे पछि सोमबार विहान साढे ८ बजे गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । श्रीमतिलाई व्यथाले च्यापेर सहन नसकेपछि पटक–पटक चिकित्सकलाई सम्पर्क गर्दा हेर्नसम्म आएन सिमलाका श्रीमान् प्रमोद कुमार साहले बताए । उनले चिकित्सकले समयमा उपचार नगर्दा शिशुको गर्भमै ज्या न गएको आरोप लगाए । चिकित्सकले समयमा चेक जाँच नगर्दा उपचारको अभावमा रातको साढे ८ बजे शिशु मृ त जन्मिएको बताए ।
उता गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले गर्ववती महिलाको उपचारमा लापरबाही नभएको दावी गरे । उनले भने नाल बेरिएर, दिशा मुखमा परेर, नाभि छोटो भएर अधिकांश यस्तो केसमा बच्चाको ज्या न गर्भमै जान्छ बताए ।















Discussion about this post