nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अब लघुवित्त वित्तीय संस्थाहरुले कर नतिराैँ, बहिष्कार गराैँ : अर्जुन प्रसाद पोखरेल

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २८, २०७९, ११:५२ बिहान
अब लघुवित्त वित्तीय संस्थाहरुले कर नतिराैँ, बहिष्कार गराैँ : अर्जुन प्रसाद पोखरेल

अर्जुन प्रसाद पोखरेल/ नेपाल सरकार कम्पनी रजिष्ट्रर तथा नेपाल राष्ट्र बैंकको नीति, नियम र निर्देशनको हुवहु पालना गर्ने शर्तमा दर्ता भएका नेपालका लघुवित्त प्रतिको सदन र सडकबाट भएका नकारात्मक टिका-टिप्पणीको जवाफ कसले दिने । नेपाल सरकार वा नेपाल राष्ट्र बैंक ।

नेपालका लघुवित्तहरुले नेपाल सरकारलाई वार्षिक कति कर तिर्छ तर यस बाट यी लघुवित्तलाई के सहयोग पुगेको छ । त्यसैले जबसम्म नेपाल सरकारले लघुवित्त वित्तीय संस्थाहरुलाई सुरक्षाको प्रत्याभूती गर्दैन तब सम्म नेपाल सरकारलाई कर नतिराैँ सबै मिलेर करको बहिष्कार गराैँ ।

सडकमा मनिराम ज्ञावली दिन दहाडै देशको मुख्य सडकमा ऋण नतिरौँ, संस्था खारेज गराैँ भन्दै अनेक प्रलोभन देखाई जुलुस उतारेको छ कुनै राजननीतिक दलको नेताले विजय र्याली निकालेको जसरी । तर बिडम्बना यिनै संस्थाहरुले तिरेको करबाट तलब खाने र देशमा अमनचयन, शान्ति सुरक्षाको कायम राख्न भनेर सुरक्षाका बर्दी धारीहरुको भने कान बहिरो र आँखा अन्धो बनाएर बसेका छन ।

हुँदा-हु्ँदा त राष्ट्रिय सभाका एक जना माननीय नर ब. विष्ट ज्युले त अझ लघुवित्त वित्तिय संस्थाहरुले छत्तिस प्रतिशत ब्याज लिएर सबै महिलालाई घरबार बिहिन बनाई बम्मै जान बाध्य बनाएको छ भनेर संसदमा खोकेका पनि सुनियो । माननीय ज्यु, केही नजानेका, नपढेका, अनपढ, ल्याप्चे त पक्कै थिएनन होला अनि नजानेका पनि पक्कै थिएनन होला तर कसरी छत्तिस प्रतिशत भने ।

माननीय ज्युहरुले बोल्नको लागि मात्र बोल्ने हो वा बोलेका कुराको पुष्टि पनि गर्न पर्ने हो । कहाँ कुन लघुवित्तले छत्तिस प्रतिशत ब्याज लिएको छ, यदि भनेको जसरी नै ब्याज लिएको छ भने नियामक निकायले के हेरेर बसेको छ तत्काल त्यस्ता लघुवित्त संस्थाहरुको लाईसेन्स खारेज गरियोस् होईन भने नेपालमा कुनै पनि लघुवित्तले छत्तिस प्रतिशत ब्याज नलिएको विज्ञप्ति निकालोस र सांसदमा माननीय ज्युले बोलिएका शब्द हटाइयोस् ।

होईन भने कुनै समुह, व्यक्ति, जातजातिलाई खुसी पार्नकै लागि, चुनाब आउँदैछ आकर्षित गरेर भोट लिनकै लागि झुटा कुरा बोलिन्छ भने हामी पनि नेपाली नै हौं हाम्रो पनि मताधिकार हक रहन्छ ।

यस्ता माननीय ज्युलाई अब कुनै हालतमा संसद भवनमा छिर्न नदिने ताकत हामीहरुसँग पनि छ । बोल्दा बिचार गरि बोलियोस् ।

लघुवित्त संस्था विरुद्धको संघर्ष समिति नेपालको नामबाट तीन पुस्ते नामावली राखेर स्थाई सदस्य आवेदन फर्मको नामबाट जथाभावी अनेक व्यक्तिहरुले विभिन्न प्रलोभन, धम्की र दबाब सिर्जना गराई धमाधम रकम संकलन गरेर कमाई खाने भाँडो बनाई राखेका छन् ।

यसरी एउटा कही कतै दर्ता नभएको, सरकारको खातामा एक पैसा शुल्क कतै नबुझाएको र केवल ठगी गर्ने उद्देश्य राखेर बिचौलियहरुको झुण्ड तयार गरी गैरकानुनी संस्थाको नामबाट धम्कीपुर्ण तरिकाले हरेक व्यक्तिलाई दबाब दिने, सदस्य बनाउने र रकम संकलन गर्ने कार्य भईरहेको देखिन्छ ।

नेपाल सरकारसँग हाम्रो एउटै मात्र प्रश्न छ, के यसरी रकम संकलन गर्न पाईन्छ वा मिल्छ्र । स्थाई सदस्य बनाएर मनिराम ज्ञावलीले नेता बन्न खोज्दैछ या रकम संकलन गर्ने निहुँमा सदस्य बनाई धेरै भन्दा धेरै रकम संकलन गर्ने र चाँडै पैसा कमाउने धन्दामा लाग्दैछ अथवा ठूलो रकम संकलन गरी मनिराम भाग्न खोज्दैछ, समयमै सदस्य भनाउँदाहरुले बुझ्न आवश्यक छ नत्र कसैको तालुमा आलु फल्ने त कसैको पुर्पुरोमा हात राखेर रुने दिन पक्कै आउने छ ।

त्यसैले यस किसिमका ठगी गर्ने गिरोह र यिनका अनैतिक क्रियाकलापको विरुद्धमा सरकार केही गर्दैन भने ठाउँ ठाउँमा लघुवित्त कर्मीहरुले ठगी गर्ने गिरोहका विरुद्ध प्रतिकार समिति गठन गर्न बाध्य हुनुपर्नेछ र त्यही प्रतिकार समितिमा ऐक्यबद्धता जनाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सबै लघुवित्त संस्थाका कार्यकारी प्रमुख ज्युहरु, उच्च व्यवस्थापनका ज्युहरु, संचालक समितिका अध्यक्ष ज्युहरु, संचालक ज्युहरु, सर्वसाधारण सेयरकर्ताहरु, बचतकर्ताहरुलाई अनुरोध समेत गर्दछाैँ ।

गाउँ-गाउँबाट उठ बस्ती बस्तीबाट उठ लघुवित्तका बचत कर्ताको बचत जोगाउन उठ । हातमा कोदालो हुनेहरु कोदालो लिएर उठ, हातमा लौरो हुनेहरु लौरो लिएर उठ, हातमा बन्चरो हुनेहरु बन्चरो लिएर उठ ठगी धन्दा गर्नेहरुलाई डाँडो कटाउन उठ ।

घ्यु खानेको हात चिल्लो हुन्छ, मह झिक्नेले हात चाट्छ हो त्यसैले हामीले सरकारलाई कर तिरेकै कारण हाम्रो सुरक्षा हुनु पर्यो भन्न खोजेको हो यदि सरकार बोल्दैन भने, गैर कानुनी धन्दा रोक्दैन भने, अनैतिक क्रियाकलापलाई नियन्त्रण गर्ने प्रयास गर्दैन भने अब हामी लघुवित्तकर्मीहरु पनि चुप लागेर, टुलुटुलु मात्रै हेरेर बस्न सक्दैनौं ।

हरेक जिल्ला जिल्लामा, टोल टोलमा प्रतिकार समिति गठन गरी गरी घरेलु हतियारसहित प्रतिकारमा उत्रन बाध्य हुनेछाैँ किनकी जननी जन्म भुमिश्च स्वर्गा दपि गरियसी भने जस्तै हामीले धेरै दुःख, पसिना र त्याग गरेर दुरदराजमा बसोबास गरेका व्यक्तिहरुलाई गरिएको सेवा र तिनै व्यक्तिहरुले सित उबाएर घैलो भर्ने जसरी राखिएको बचतको सुरक्षा जसरी पनि गर्नु पर्ने हुन्छ र संस्थालाई जीवित राखी दुरदराजका व्यक्तिहरुलाई बैंकिङ सेवा दिनुपर्ने हुन्छ ।

जब-जब मातृभुमिलाई संकट पर्दछ त्यस बेला नेपाली सपुत जाग्दछ त्यस्तै दुरदराजका व्यक्तिलाई बिना धितो कर्जा र बचतको माध्यमबाट सेवा दिने, तिनीहरुको आर्थिक जीवनस्तर उकास्ने, वित्तिय साक्षरता दिने पवित्र मन्दिर जस्तो लघुवित्त वित्तिय संस्थाहरु खारेज गर्ने, संस्थालाई धरासायी पार्ने, खल्बल्याउने जस्ता कुत्सित मानसिकता बोकी गरिने क्रियाकलाप हाम्रो लागि कदापि सह्य हुन सक्दैन ।

यदि सरकार टुलुटुलु हेरेर मात्र बस्छ केहि गर्दैन भने कानुन हातमा लिने हाम्रो प्रयास कदापी होईन तथापि हामी हाम्रो सुरक्षाको लागि भने पनि तयारी अवस्थामा रहन हरेक स्थानमा प्रतिकार समिति गठन गर्न अपिल गर्दछु । यसरी दोहोरो झडप भएमा वा कुनै अप्रिय घटना घटेमा स्वयं नेपाल सरकार यसको जिम्मेवार हुनेछ ।

(लेखक पोखरेल  लघुवित्तकर्मी हुनुहुन्छ)

साभार स्रोत-लघुवित्त न्युज बाट

Tags: लघुवित्त

Discussion about this post

Related Posts

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि