काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई करार कमर्चारी लिने विषयमा प्रक्रिया नपुर्याए कारवाहीको चेतावनी दिएको छ ।
मन्त्रालयले करार कर्मचारी हटाएर पुनः नियुक्ति गर्दा लोक सेवा आयोगमा पदपूर्तिका निम्ति नपठाउने सबै स्थानीय तहलाई कारवाही गर्न अख्तियार दुरुपयोय अनुसन्धान आयोगलाई लेखिपठाइने जानकारी गराएको हो ।
लोक सेवा आयोगबाट स्थायी कर्मचारी पदपूर्ति गर्न सक्ने अवस्था हुँदाहुँदै आयोगसँग समन्वय नगरी करार कर्मचारीलाई निरन्तरता दिएर कर्मचारी भर्ना गर्ने व्यवस्थाको दुरुपयोग भएको मन्त्रालयको ठहर छ ।
यो पनि -जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन्।
बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (एसएसडब्लु) प्रणाली मार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
यसअघि सन् २०१९ मार्चमा (एसएसडब्लु) प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो।














Discussion about this post