nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ऋणीलाई लघुवित्तको धम्की : किड्नी बेचेरै भएपनि ऋण चुक्ता गर्नुस्

सजिलो पोस्ट सजिलो पोस्ट
असार २७, २०७९, ७:५३ मध्यान्ह
ऋणीलाई लघुवित्तको धम्की : किड्नी बेचेरै भएपनि ऋण चुक्ता गर्नुस्

काठमाडाैं/असार २७ गते । बाँकेका उद्यमी महिलाहरु लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन् । लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरु विभिन्न संस्थाहरुमा ऋण माग्नका लागि धाउन बाध्य भएका हुन् । उनीहरु एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम गर्दै कर्जाको दल दलमा फस्दै गएका छन् । ऋण तिर्न समय माग गर्दापनि लघुवित्तहरुले समय नदिने र घरमै गएर धम्क्याउने गरेको उनीहरुको आरोप छ ।

अध्ययन अनुसार नेपालमा करिब २२ लाख मानिसहरुले कर्जा लिएका छन् । २२ लाख मध्ये ७५ प्रतिशत मानिसहरुले कर्जा समयमा तिर्न सकेका छैनन् । सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरुबाट नै आम नागरिक अहिले दुःख पाइरहेको लघुवित्तमा आवद्ध महिलाहरुको गुनासो छ ।

सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महंगो व्याज तिर्न बाध्य बनाएको खजुरा गाउँपालिकाका मिना बुढा क्षेत्रीले बताइन् । सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने व्याज लिने गरेको उनको भनाई छ । पहिला लघुवित्तहरुले सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागे वा आकास्मिक समस्या आईपरे पनि समस्या नबुझदिने गुनासो गरिन् ।

ऋण लिएर हदैसम्मको ज्यादतिका कारण बस्नसमेत गाह्रो भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा बसोबास गर्ने मनिषा तामाङले बताइन् । केही समय ढिलो भयो भने घरबाट निकाल्न खोज्ने, किड्नी बेच, मरे हुन्छ बीमा छ किन बाँच्ने जस्ता अव्यवहारिक लाञ्छना लगाइ भनेर धम्की दिने गरेको उनले बताइन् । घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरु केही विकल्प छैन भन्दै दैनिक फोनमा घरमै आएर धम्काउने गरेकोले वित्तिय संस्था खारेज गर्नुपर्ने उनको धारणा छ । बिरामी हुँदासमेत समस्या नबुझ्ने गरेकोले मनमा अनेक कुराहरु खेल्ने गरेको तामाङले बताइन् ।

पीडित धना सुनारले लघुवित्तले गर्दा घरपरिवारको सम्बन्ध नै बिग्रिएको बताइन् । लघुवित्तको दबाबले दिनरात सताउने गरेको उनले दुखेसो पोखिन् । घरमा ऋण माग्न आउने बित्तिकै भैंसी लैजान्छौं, कहिले घरमा ताल्चा लगाउने जस्तो धम्की दिइरहेकोले मनमा अनेक सोच पैदा भइरहेको बताइन् । उनले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भएपनि लघुवित्तहरुले दिनदिनै दबाब दिँदा समस्या उत्पन्न भएको बताइन् ।

त्यस्तै पीडित दरमरीम भुइहारले लघुवित्तहरुले ऋण दिने बेला आर्थिक स्थिति र अवस्थासमेत नहेरी दिने गरेको र घरमा अकास्मिक समस्या आएर ऋण तिर्न केही समय लाग्यो भन्दैमा दिनदिनै दबाब दिनु उचित नभएको बताइन् । उनले लघुवित्तका कर्मचारीले समस्या नबुझि अभद्र व्यवहार गर्ने गरेको बताइन् । घरको अवस्था सुधारर्न र कर्जाको किस्ता तिर्नका लागि होटलमा भाडाँ धुने काम गरिरहेपनि किस्ताको व्यवस्था गर्न नसकेको गुनासो गरिन् ।

त्यस्तै पीडित महिला उद्यमी सीता शाहीको समस्या पनि अरुको भन्दा फरक छैन । घर खर्च चलाउन र व्यवसाय गर्नका लागि लिएर श्रीमानलाई वैदेशिक रोजगारका लागि पठाएपनि कतैबाट राम्रो आम्दानी नभएपछि लघुवित्तले समस्या दिन थालेको बताइन् । साथै कोरोना भाइरसको कारणले मुलुक लकडाउन भएपछि झनै ऋणमा फसेको उनले बताइन् ।

बचाैँ बचाऔं र अघि बढौं भन्ने मुल नाराका साथ लघुवित्तिय संस्थाहरुको विरुद्ध देशव्यापी रुपमा संघर्ष गरिने समितिका उपध्यक्ष फत्तेबहादुर पुन मगरले बताए । नेपालमा करिव ५८ लाख नागरिक ऋण प्रवाह गरेका र २२ लाख ऋण तिर्न नसक्ने अवस्थामा रहेको लघुवित्त संस्थाहरुको बिरुद्ध संघर्ष समितिका उपाध्यक्ष मगरले बताए । लघुवित्तका ऋणले गर्दा घरवारबिहीन बनाएको र लघुवित्तिय संस्थाबाट धेरै पीडा सहनु परिरहेको मगरले बताए ।

लघुवित्त संस्थाविरुद्ध लघुवित्त पीडित महिलाहरुले सरकारसँग लघुवित्तिय संस्थाहरु खारेज गर्न, लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताका आधारित

र दामको व्यवस्था गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न उनिहरुले सरकारसँग माग राखेका छन् ।

 स्रोत-विकाश न्युज बाट

Tags: बैंक तथा बित्तलघुवित्त

Discussion about this post

Related Posts

महोत्तरीको बलबा नगरपालिकामा क्षयरोगका बिरामीलाई पोषण आहार वितरण

महोत्तरीको बलबा नगरपालिकामा क्षयरोगका बिरामीलाई पोषण आहार वितरण

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि