अरुण कुमार यादव/राजविराज/असार १५ गते। अबिरल बर्षासँगै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित जिता नदीमा आएको बाढीले दुई ठाउँमा बाँध कटान गरेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइनको बर्साइन टोलमा खोलाले करिब ५ मिटर बाँध कटान गर्दा २५ घर बाढीको उच्च जोखिममा परेको देखिएको छ ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिकाकै वडा नं. ७ मा गत बर्ष भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध समेत भत्काएको छ ।
वडा नं. १ तिलाठीस्थित खाँडो खोलाको पश्चिमी बाँधमा आज साँझबाट कटान शुरु भएको छ । बाँध भत्किएको ठाउँहरुको गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. ५ का वडाअध्यक्ष ललनप्रसाद राउत, ईन्जिनियर भाष्कर प्रसाद सिंहसहितको टोलीले निरीक्षण गरी आवश्यक मर्मत सम्भारको ब्यवस्थापन गर्न तयारी गरिएको विपद ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभये । साथै वडा नं. ७ र वडा नं. १ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य समेत शुरु गरिएको उहाँले बताउनुभयो ।
















Discussion about this post