अरुण कुमार यादव/राजविराज/असार १५ गते। सप्तकोशीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजको २१ वटा ढोका खोलिएको छ ।
कोशी ब्यारेज कन्ट्रोलरुमका अनुसार अहिले साँझ ७ बजेको मापनअनुसार पानीको बहाव बढेर १ लाख ६१ हजार ४ सय ३५ प्रतिसेकेण्ड पुगेको जनाएको छ ।यसअघि मंगलबार साँझ सम्ममा १ लाख २५ हजार क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको थियो ।
पुर्वी पहाडी क्षेत्रमा भएको अविरल बर्षासँगै कोसीमा पानीको बहाव बढेपछि ५६ वटा ढोका मध्ये २१ वटा ढोका अहिले खोलिएको छ ।
लगातार परेको पानीका कारण कोसी नदीको छेउमा पर्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिकासहितका जिल्लाको दक्षिणि क्षेत्रका बस्तीहरु बढी प्रभावित भएको छ ।
सप्तकोसी नदी र चुरेसँग जोडिएको खाँडो, महुली, सुन्दरी, जिता, खडक, बलान लगायतका खहरे खोलामा आएको बाढीका कारण केही बस्ती डुवानको जोखिममा परेको जनाइएको ।
अविरल बर्षासँगै नदी तथा खोलाहरुमा बाढी आएकाले आसपासका बस्तीका बासिन्दाहरुलाई सतर्कता अपनाउन सप्तरी प्रशासनले आग्रह गरेका छन ।
















Discussion about this post