जेठ २५ गते । काठमाडौंमा रेस्टुरेन्टमा इन्टर्नसिप गर्न गएकी एक छात्रा बला त्कृत भएकी छिन् ।
काठमाण्डौंको हात्तिसारस्थित नेपाल हाउस रेस्टुरेन्टमा वेटरबाट आफू बला त्कारमा परेको भन्दै जाहेरी दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन् ।
होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत २१ वर्षीया छात्रा अन्य साथीहरुसँगै उक्त रेष्टुरेन्टमा इन्टर्नसिपका लागि गएकी थिइन् ।

रेस्टुरेन्टका वेटर दोलखाका जीवन फुयाँल खत्रीलाई प्रहरीले प क्राउ गरेको छ ।
गत शुक्रबार राति खत्रीले कोल्ड ड्रिङ्समा मदिरा मिसाएर खुवाएको र पछि बला त्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
पीडितले तत्काल प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खत्रीलाई त्यही रात साढे ११ बजे प क्राउ गरेको मैनालीले बताए।
खत्रीलाई तत्कालै प्रहरी वृत्त दरबारमार्गको टोलीले प क्राउ गरेको थियो ।














Discussion about this post