जेठ २३ गते । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृ त्यु भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं.–४ कठौनामा आइतबार करेन्ट लागेर एक महिलाको मृ त्यु भएको प्रहरीले जनाएको छ ।
पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा ३० वर्षीया नजिरा खातुनको मृ त्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचार क्रममा मृ त्यु भएको प्रहरीले जानकारी दिएका छन् ।
मृ तक खातुनको श व पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
















Discussion about this post