सप्तरी/जेष्ठ ९ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मेयरमा नेकपा एमाले पार्टीका उम्मेदवार रामलखन मलाह निर्वाचित भएका छन् ।उनी ५ हजार ८ सय ५४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गरे ।
यसैगरी उपमेयरमा एमालेकै मीरा कुमारी यादव ६ हजार १ सय ९७ मत ल्याई निर्वाचित भएकी छिन् ।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दु देवी यादवले ५ हजार २ सय ९ मत प्राप्त गरिन् ।
















Discussion about this post