विसुनदेव सरदार/सिरहा/वैशाख ६ गते। सिराहाको लक्ष्मीपुर पतारी गाउँकार्यपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका नेता चतुरान्नद ठाकुर विजयी हुनु भएको छ।
अर्थात लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका नेता चतुर (बाबू) उर्फ चतुरान्नद ठाकुर निर्वाचित हुनु भएको छ।
नेता ठाकुर मतगणना दिनदेखि नै सबैभन्दा अग्रणी देखिएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अशेश्वर मण्डलले बताएका छन।
नेता ठाकुरले समाजमा छोडेका आफ्ना राम्रा छापहरुको आज प्रतिफलसँगै जनताको वहाँप्रतिको भावनाको जित भएको छ।
स्रोतका अनुसार नेता ठाकुरले अहिलेसम्म गरेको आफ्ना समाजसेवा , जनता प्रतिको सहयोग सद्भावले आज राजनीतिकको नयाँ पद्धति सुरुवात गरेको छ।
पालिकामा ६ वटा वडाहरु छन। वडा न.१ पिप्रा प्रध , वडा न.२ पर्सा पोखरभिण्डा, वडा न. ३ महेशपुर हरिनगर , ४ न.लक्ष्मीपुर , ५ खरुक्याही , ६ सितापुर गाउँहरु पर्दछन।
अहिले लक्ष्मीपुर पतारीका ६ वटै वडाहरुमा खुशीको सिमा छोएको छ।





















Discussion about this post