सिरह/वैशाख ३१ गते । लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एसका उम्मेदवारले व्यक्तिगत ढंगले लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस भएका छन्।
स्थानीय तहको निर्वाचन अन्तर्गत लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल ग्रामीणस्थित भूसंरक्षण कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान सवा ८ बजेतिर वैठक वस्ने क्रममा नेकपा एसका उम्मेदवार बिनोद साहले लाञ्छना लगाएपछि बेहोस भएको हो।
‘बैठक सुरु भएको करिब १५ मिनेटपछि साहले निर्वाचन अधिकृतलाई व्यक्तिगत ढंगले विभिन्न लाञ्छना लगाएपछि बेहोस हुनुभयो’ सहायक निर्वाचन अधिकृत साहले भने ‘त्यसपछि बैठक रोकेर तत्काल एम्बुलेन्समा अस्पताल पुयाई सामान्य उपचारपछि क्वार्टर ल्याइएको छ, उहाँको अवस्था ठीक भएपछि पुनः बैठकका लागि दलीय प्रतिनिधिहरुलाई बोलाइँदै छ।’
भूगोल र मतदाताको हिसावले जिल्लाकै सबैभन्दा ठूलो लहान नगरपालिकामा शुक्रबार भएको मतदानमा कुल ५६ हजार एक सय ९६ मतदातामध्ये ४१ हजार नौ सय ७७ मत खसेको छ ।
साभार स्रोत-गमकपोस्ट अनलाईन बाट














Discussion about this post