सप्तरी/बैशाख ३० गते । सप्तरीको डाकेश्वरीमा निर्वाचन स्थगित हुने भएको छ । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आक्रोशित समूहले मतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने भएको हो ।
तर स्थगितको औपचारिक निर्णय हुन बाँकी छ । ‘त्यहाँ मतपत्र छरिएको छ । सबै मतपत्र बटुल्दा पनि असन्तुष्ट पक्षले विश्वास गर्ने र फेरि मतदान चालु गरेर आजै टुंग्याउने अवस्था रहेन’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ । आज सम्भव हुँदैन ।’
सूचना निकालेर त्यो मतदान केन्द्रमा निर्वाचन स्थगित गरी फेरि छिट्टै मतदान गर्नुपर्ने हुन्छ ।एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा मतदान अधिकृतले एउटाको साटो अर्को चिन्हमा मतदान गरेको भन्ने आरोपबाट विवाद शुरु भएको हो ।विवादले उग्र रुप लिएपछि आक्रोशित समूहले मतपेटिका फोडेको थियो ।














Discussion about this post