nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु मतदान गर्नबाट बञ्चित हुदै, २९ गते पनि विदा दिन माग

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २७, २०७९, ९:५१ मध्यान्ह
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु मतदान गर्नबाट बञ्चित हुदै, २९ गते पनि विदा दिन माग

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु मतदान गर्नबाट बञ्चित हुने भएका छन् । बैशाख २९ गते कार्यालय समयसम्म कार्यालयमै रहनुपर्ने र ३० गते सवारी साधन नचल्ने भएकाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु मतदान गर्नबाट बञ्चित हुने देखिएको हो ।

यति मात्रै नभई, हरेक जिल्लामा रहेका वित्तीय संस्थाका कर्मचारीहरु अधिकांश सम्बन्धित जिल्लाभन्दा बाहिरका कर्मचारी हुने भएकाले उनीहरु मतदानको अघिल्लो दिनसम्म काममै रहनु पर्ने बाध्यताले गृह जिल्ला वा आफ्नो मतदान केन्द्रसम्म उनीहरु पुग्न नसक्ने भएका हुन् ।

जिल्लाकै बैंक तथा वित्तीय संस्थामा कार्यरत रहेपनि २९ गते साँझसम्म कार्यालयमा रहनुपर्दा उनीहरु सोही दिन राती घर वा मतदान स्थल नजिकै पुगेर बस्ने सम्भावना पनि कम रहेको रामेछापस्थित एक वित्तीय संस्थाका प्रतिनिधिले बताएका छन् ।

‘बैंक, इन्स्योरेन्स लगायतका वित्तीय संस्थामा कार्यरत ५० देखि ७० प्रतिशत साथीहरु बाहिरि जिल्लाका हुनुहुन्छ, उहाँहरु त कसैगरे पनि जान नसक्ने अवस्था छ’ ती प्रतिनिधि भन्छन्, ‘आफ्नै जिल्ला भएपनि सम्बन्धित पालिका वा मतदान केन्द्र अथवा मतदानन स्थलमा जान पुग्न कम्तीमा २ देखि १२ घण्टासम्म लाग्ने समस्या छ, अनि २९ गते ५ः३० बजेसम्म कार्यालयमा रहेर त्यहीँ दिन जाने सम्भावना हुँदैन, भोलिपल्ट मतदानको दिन भएकाले गाडी र नीजि सवारी पनि चल्न पाउँदैनन् । त्यसकारण बाहिरि जिल्लाका साथीहरुसहित सम्बन्धित जिल्लाकै साथीहरु पनि मतदान गर्नबाट बञ्चित हुने देखियो ।’

काठमाडौँ उपत्यकाकै कुनै जिल्लामा घर भएको व्यक्ति पनि मतदान गर्न जान नपाउने अवस्था देखिएको उनको गुनासो छ । ‘जस्तो कुनै व्यक्ति ललितपुरको जावलाखेलमा रहेको कुनै बैंक, बीमा तथा फाइनान्स कम्पनीको शाखामा कार्यरत छ, उसको घर ललितपुरकै विकट बागमती गाउपालिकामा उसको घर छ भने उसलाई जावलाखेलबाट बागमती पुग्न सार्वजनिक गाडी वा नीजि साधनमा ८ घन्टा लाग्छ’ ती प्रतिनिधिले स्पष्ट पार्दै भने, ‘उ २९ गते काम गरेर कसरी त्यहाँ पुग्न सक्छ ? धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसीमा कार्यरत त्यस्तै कर्मचारी धादिङकै रुवी भ्याली घर भएको छ भने उसलाई रुवी भ्याली पुग्न १२ घण्टा लाग्छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बैंक तथा इन्स्योरेन्समा कम गर्ने उमाकुण्ड गाउँ पालिका १ गुम्देलको कर्मचारीलाई सदरमुकामबाट त्यहाँ पुग्न ८ घन्टा भन्दा बढि समय लाग्छ, बैशाख २९ गतेको पुरा काम सकेर उ कसरी मतदानमा सहभागी हुन सक्छ ?

२९ गते बिदा दिँदा हुन्छ ?

आफूहरुलाई स्थानीय जनप्रतिनिधि चयन गर्ने मतदान प्रक्रियामा भाग लिनबाट बञ्चित गराईन नहुने कर्मचारीहरुकै माग छ । सकेसम्म बैशाख २८ गतेबाटै बिदा दिँदा बाहिरि जिल्ला र सम्बन्धित जिल्लाकै पनि विकट गाउँमा मतदाता नामावली भएकाहरु सहज रुपमा पुग्न सक्ने कर्मचारीहरु बताउँछन् । यदि बैशाख २८ गतेबाटै बिदा दिन सम्भव नभए कम्तीमा २९ गतेबाट सार्वजनिक बिदा दिनुपर्ने कर्मचारीहरुको माग छ । 


साभार स्रोत-बिजपति अनलाइन बाट

Tags: स्थानीय तहको निर्वाचन २०७९

Discussion about this post

Related Posts

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!