nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहामा २२ देखि ८० वर्षसम्मका महिला उपप्रमुखका उम्मेदवार

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २७, २०७९, ११:५६ बिहान
सिराहामा २२ देखि ८० वर्षसम्मका महिला उपप्रमुखका उम्मेदवार

सिरहा/बैशाख २७ गते। सिराहामा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ। जिल्लाको १७ वटै स्थानीय तहमा दलका र स्वतन्त्र उम्मेदवार मतदाता रिझाउन चुनावी प्रचारप्रसारमा व्यस्त छन्।

जिल्लाका १७ स्थानीय तहमा एक सय ३२ महिलाले उपमेयर–उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। जसमा ४० वर्षमुनिका ७० जना र ६० वर्षमाथिका १० जना छन्। जिल्लामा उपमेयर/उपाध्यक्षको उम्मेदवार बनेकी सबैभन्दा कम उमेरकी २२ वर्षीया प्रियंका राम छिन्। सबैभन्दा धेरै उमेरकी ८० वर्षीया लोचनीदेवी साह हलुवाई पनि उम्मेदवार बनेकी छिन्।

लोचनीदेवी हलुवाई (८०)
मिर्चैया नगरपालिका– ६ घर भएकी ज्येष्ठ नागरिक ८० वर्षीया लोचनीदेवी हलुवाई उपप्रमुखको उम्मेदवार बनेकी छिन्। महिलाहरू निकै हेपिनुपरेको, दलितहरू पीडित भएको तथा ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता लिन असहज भएकाले आफूले नेपाल संघीय लोकतान्त्रिक पार्टीबाट मिर्चैया नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएको उनी बताउँछिन्।

पछिल्लो साढे चार वर्ष राम्रोसँग विकास नहुँदा मिर्चैयामा बाढीले नागरिकको घर डुबानमा परेकोजस्ता समस्या रहेको उनले सुनाइन्। ८० वर्षको उमेरमा पनि निकै जोसका साथ उम्मेदवारी दिएको भन्दै लोचनीदेवीले भनिन्, ‘एक रोजगार, एक मकान, एक व्यापार हुनुपर्छ । जसको जे काम छ, त्यो गर्नुपर्छ।’

सामुदायिक विद्यालयमा बालबालिकाको पढाइ कस्तो हुन्छ भन्ने कुराको खोजीनिती गर्ने भन्दै उनले अहिले पनि दलितलाई ‘जुत्तामुनि’ राख्ने प्रवृत्ति रहेको बताइन्। ‘दलितको बालबालिका नांगै हिँड्नुपर्ने अवस्था छ। दलितको घरनजिकैको बाटो बनेको छैन,’ उनले भनिन्, ‘महँगीले गर्दा जनता मारमा छन्। म जनता खुस हुने काम गर्छु।’

प्रियंका राम (२२)
२२ वर्षीया प्रियंका राम सिराहाका सबै स्थानीय तहका उपमेयर–उपाध्यक्षका उम्मेदवारमध्ये सबैभन्दा कम उमेरकी हुन्। धनगढीमाई नगरपालिकामा जनमत पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी उनलाई अहिले घरदैलो गर्न भ्याइनभ्याई छ। उनले प्लस टुसम्मको अध्ययन पूरा गरेकी छिन्।

अढाई वर्षीया काखे छोरी सासूलाई जिम्मा लगाएर बिहानैदेखि चुनावी प्रचारप्रसारमा व्यस्त रहेको उनले सुनाइन्। ‘नयाँ पार्टी भए पनि आफूहरूप्रति जनताको राम्रो समर्थन छ,’ उनले भनिन्, ‘परिवर्तन ल्याउन उम्मेदवारी दिएकी छु। मतदाताले मत दिएर सही निर्णय गर्नेछन्।’

एक त कम उमेरकी, त्यसमाथि पनि दलित चमार समुदायबाट चुनावी मैदानमा उत्रिएकी उनलाई सहज भने छैन।  त्यसैले उनलाई सघाउन पति मिथुनकुमार राम कतारको वैदेशिक रोजगारी छाडेर गाउँ आएका छन्। 

६० वर्षमाथिका १० जनाको उम्मेदवारी
सिराहामा ६० वर्षदेखि ८० वर्ष उमेरका १० महिलाले उपमेयर–उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। जसमा नेकपा (एमाले)बाट बरियारपट्टी गाउँपालिका उपाध्यक्षमा ७० वर्षीया मदनकुमारी कुर्मी, अर्नामा गाउँपालिका उपाध्यक्षमा ६६ वर्षीया रामपुकारी देवी कोइरिन, नरहा गाउँपालिका उपाध्यक्षमा ६५ वर्षीया गुलावदेवी चौधरी रहेका छन्। चौधरी गाउँपालिकाको निर्वतमान उपाध्यक्षसमेत हुन्।

यस्तै, मिर्चैया नगरपालिका उपमेयरमा माओवादी केन्द्रबाट ६६ वर्षीया जीवछीदेवी साहले उम्मेदवारी दिएकी छिन्। साह निवर्तमान उपमेयरसमेत हुन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट लहान नगरपालिका उपमेयरमा ६१ वर्षीया संसरीयादेवी महतो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुखीपुर नगरपालिका उपमेयरमा पानोदेवी महरा, नेपाल मजदुर किसान पार्टीबाट सुखीपुर नगरपालिका उपमेयरमा ६० वर्षीया लीलादेवी पासवान, लक्ष्मीपुर पतारी गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र रपमा ७७ वर्षीया मलारी पासमान र कर्जन्हा नगरपालिका उपप्रमुखमा ६० वर्षीया कल्याणीकुमारी ढुंगानाले उम्मेदवारी दिएकी छिन्। ढुंगानाले माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएकी हुन्।

साभार स्रोत-नयाँ पत्रीका अनलाईन बाट

Tags: स्थानीय तहको निर्वाचन २०७९

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!