महोत्तरी/बैशाख ५ गते। महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृ त्यु भएको छ।
मृ त्यु हुनेमा पैदल यात्री जिल्ला महोत्तरी पिपरा गाउँपालिका वडा नं.६ बस्ने ६५ वर्षीय पचु सदा रहेका छन् ।
आइतबार राति पौने १२ बजेको समयमा महोत्तरी पिपरा गाउपालिका ६ रतौली चौक स्थित हुलाकी राजमार्गमा जनकपुरबाट भ्रमपुरा तर्फ आँउदै गरेको ज ६ प १६४८ नम्बरको मोटरसाईकलले सदालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते सदाको उपचारको क्रममा जनकपुर स्थित जानकी हेल्थकेरमा सोमबार बिहान मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मोटरसाईकल चालक फ रार रहेको र मोटरसाईकल नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post