सिरहा/चैत २८ गते । सामुदायीक वनकै अध्यक्ष अवैध काठ सहित प क्राउ परेका छन् । सिरहाको मिर्चैया नगरपालिका ७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिका राम पोखरेल लाखौं मूल्यको अवैध काठसहित प क्राउ परेका हुन्।
तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स १ त ३६०७ ट्याक्टर उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्था सशस्त्र प्रहरी बल मिर्चैया वेस क्याम्पले नियन्त्रणमा लिएको हो ।
काठ अहिले सम्म नाप जोख नभएकाले कति हो भन्ने एकिन नभएको वन कर्यालयले जनाएको छ । प क्राउ परेका पोखरेललाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय लहानलाई बुझाइएको प्रहरीले जनाएको छ ।
डिभिजन वन कर्यालयले पोखरेललाई जिम्मामा लिएको र काठ सुरक्षाका कारण ल्याउन नसकिएकाले अहिले ल्याउने कार्य भईरहेको डिभिन वन कर्यालय प्रमुख गंगा प्रसद यादवले जानकारी दिए । प क्राउ परेका पोखरेललाई म्याद थपको लागि जिल्ला अदालत सिरहा लगिएको बताइएको छ ।
उनी नेकपा एमालेका स्थानीय नेतासमेत रहेको बताइन्छ । उनलाई छुटाउन पार्टीका जिल्लाका ठूला नेताहरु लागेको श्रोतको भनाइ छ ।साभार स्रोत-गमक पोस्ट बाट





















Discussion about this post