काठमाडौ/चैत्र २१ गते। पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ का मैथली भाषा गायनमा सप्तरीका अजय पनि समानित भएका छन ।
नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२२’ को उत्कृष्ट मैथली गायन तर्फ अादित्य अजय समानित भएका छन ।
नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्डको पाँचौ संस्करणको लागि उत्कृष्ट मैथली गायन सार्वजनिक भए सँगै अादित्य पनि समानित भएका छन ।
पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था निम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिए ।
शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृतिलाई जोगेर्ना गर्ने उदेश्यले नेपाली सहित सम्पुर्ण भाषाभाषिका कलाकार कलाकारहरुलाई एउटै मञ्च प्रदान गर्दै आइरहेको अायाेजक ले बाताएका छन ।
यता आदित्य अजय दर्जनाै मैथली गीत सँगीतमा स्वर दिई सकेका छन । अादित्य अजय एउटा गायक मात्र न भई पत्रकारिक्ता क्षेत्रमा पनि निकै चर्चा बटुलन सफल भएका छन् ।





















Discussion about this post