फागुन १८ गते। भोलि(फागुन १९ गते) सरकारले बिहीबार सार्व जनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।
ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।
हेर्नुहोस सूचना






















Discussion about this post