nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसमा विवाहपछि गुम्छ महिलाको पहिचान, नाम छाडेर माइतीकै गाउँको नामले बोलाइन्छ

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १४, २०७८, ८:२७ मध्यान्ह
श्रीमतीले धुमधामका साथ गराए श्रीमानको दोस्रो विवाह

विश्वनाथ ठाकुर/सर्लाही/फागुन १४ गते ।सर्लाहीको मलङ्गवा नगरपालिका-१० की सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ।

विवाहभन्दा अगाडि आफ्नो घर, विद्यालय, कलेज र छिमेकीले उनलाई सुस्मिता नामले नै बोलाउने गर्थे। विवाह गरेर ससुराली अर्थात् श्रीमानको घर गएपछि सबैले उनलाई ‘मलङ्गवावाली’ भनेर बोलाउन थालेका छन्।

सुस्मिताका लागि मलङ्गवा शब्द नौलो थिएन। जब उनको नामको सट्टा ‘मलङ्गवावाली’ भन्न थालिएपछि आफूलाई अनौठो लागेको उनले बताइन्।

‘सानैदेखि सबैले मलाई सुस्मिता भनेर बोलाउने गर्थे। शैक्षिक प्रमाणपत्रदेखि लिएर आवश्यक सबै कागजातमा मेरो नाममा सुस्मिता नै लेखिएको छ’, उनले भनिन्, ‘विवाहपछि त मेरो बोलाउने नाम नै फेरिएको छ।’

मलङ्गवाको जिल्ला विकास चोकमा फलफूलको पसल सञ्चालन गर्दै आएकी निर्मलादेवी गुप्ताको विवाह भएको करिब ३० वर्ष पुगेको छ। तर अहिलेसम्म उनको वास्तविक नामबाट कसैले चिन्दैन। ‘बरहथवावाली’ को नामबाट नै उनलाई सबैले चिनिने गरेको छ।

‘निर्मला भनेपछि मलाई यहाँ कसैले चिन्दैन’, उनले भनिन्, ‘बरहथवावालीको नामबाट मलाई यहाँ सबैले चिन्छन्।’

वर्षौंदेखि सबैले बरहथवावाली भनेर नै बोलाउँदा अब आफूलाई आफ्नो नाम नै बिर्सेजस्तो लाग्ने गरेको उनको भनाई छ।

‘सरकारी वा कागजी प्रक्रियाको केही काम भयो भने मात्र त्यहाँ मेरो नाम निर्मालादेवी गुप्ता लेखिन्छ। अन्यथा यहाँको समाजले दिएको मेरो नाम ‘बरहथवावाली’ नै हो। यसबाटै मेरो पहिचान भएको छ,’ उनले भनिन्।

‘श्रीमानले समेत बरहथवावाली भनेर नै बोलाउने गर्नुहुन्छ’, उनले भनिन्, ‘विवाहपछि हाम्रो पहिचान नै माइतीको गाउँ हुनेगर्छ। अहिलेसम्म मेरो श्रीमानले पनि मलाई नाम लिएर बोलाउनु भएको छैन।’

सुस्मिता र निर्मला प्रतिनिधि पात्र मात्र हुन्। मधेशीमा समुदायमा विवाहपछि महिलालाई बोलाउने नाम नै उनको माइतीको गाउँ ठाउँको नामबाट राखिन्छ। गाउँकै नामले उनलाई सबैले चिन्छन्। घरपरिवार र समाजका अधिकांश मानिसलाई विवाहित महिलाको वास्तविक नाम थाहा हुँदैन। विवाहित महिलालाई समाज र परिवारले उनको वास्तविक नामले भन्दा पनि माइतीको गाउँको नामले स्वीकार गर्ने प्रचलन यहाँ पुरानै हो। त्यसैले मधेशमा विवाहपछि महिलालाई माइती गाउँ वा श्रीमान र छोराको नामले बोलाउने गरिएको ओरेक नेपाल सर्लाहीका संयोजक देवकुमारी महराले बताइन्।

‘आफूले दुःखकष्ट र मेहनत गरेर घर बनायौं तर त्यो घर मेरो नामले होइन, मेरो श्रीमानको नामले चिनिन्छ’, उनले भनिन्, ‘समाजले महिलाको नामलाई मान्यता दिएको छैन।’

‘बाहिर मेरो कामको आधारमा नाम त छ तर महिला भएकै कारणले मेरो नामले ससुरालीमा पहिचान पाएको छैन’, उनले थप भनिन्।

आफ्नो छोराको बिहे गरेपछि बुहारीलाई नामले बोलाउन थालेपछि समाजले अहिले आफूलाई परम्परा नै बिगारेको आरोप लगाउने गरेको उनले बताइन्।

नाम र थर बिना नै यहाँका महिला बाँच्नुपरेको शान्ति सेवा केन्द्र मलङ्गवाकी संयोजक एवं महिला अधिकारकर्मी बनिता कार्कीले बताइन्।

‘महिलाको पहिचानमै यहाँ विभेद भएको छ। आफ्नो नाम नै गुमाउनुपरेको पीडा उनीहरूले व्यक्त गर्न सकिराखेको छैन’, उनले भनिन्, ‘पहिचान गुमाएर बस्नुपर्दा यहाँका महिला पीडित छन्।’

पितृसत्तात्मक सोचका कारण यहाँका महिलाको नाममात्र नभएर थर पनि फेरिने गरेको अधिकारकर्मी कार्कीले बताइन्।

विवाह अगाडि यहाँको महिलाका नाम अगाडि कुमारी जोडिन्छ भने विवाहपछि देवी जोडिन्छ भने श्रीमानको थरसँगै जोडिने गरेको छ। यो सबै महिला हिंसा र विभेदकै स्वरूप रहेको उनको भनाइ छ।

महिलालाई आमाको गर्भमा भएदेखि नै यहाँ विभेद गरिँदै आएको उनले बताइन्। गर्भमा छोरी छ भने कतिपयले भ्रुण हत्या नै गर्छ। कतिपयले त्यही अवस्थादेखि विभेद सुरू गर्ने गरेको अधिकारकर्मी कार्कीको भनाइ छ। गर्भमा छोरा छ भने आमालाई पोषिलो खाना खुवाउने गरिन्छ। छोरी भए थाहा पाएपछि त्यही बेलादेखि विभेद सुरू हुने गरेको छ।

विवाह गरेर ससुराली गएपछि सबैले आफूलाई ‘गङ्गापुरवाली’ भनेर बोलाउन थाल्यो तर आफू राजनीतिमा लागेपछि आमाबुबाले राखेको नामले नै बाहिरका व्यक्तिले बोलाउन थालिएको लोकतान्त्रिक समाजवादी पार्टीकी नेत्री लक्ष्मीसिंह दनुवारले बताइन्।

अहिले पनि आफ्नो ससुरालीमा सबैले ‘गङ्गापुरवाली’ भनेर नै बोलाउने गरिएको उनको भनाइ छ। समाजमा महिलालाई वास्तविक नामले बोलाउँदा पहिचान र आत्मसम्मान बढेको महसुस हुने गरेको नेत्री सिंहले बताइन्।

मुलुकी देवानी संहिता(२०७४ ले थरसम्बन्धी साह्रै राम्रो व्यवस्था गरेको छ। कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ।

त्यस्तै, विवाहित महिलाले आफ्नो विवाहपश्चात् बाबु वा आमाको थर अथवा पतिको थर पनि प्रयोग गर्न सक्छिन् भनी साह्रै राम्रो व्यवस्था बनाइएको छ। सेवानिवृत्त शिक्षक रजनीकान्त झाले परम्परागत रूपमा नै विवाहित महिलालाई उनको माइती गाउँको नामले बोलाउने गरेको बताउँदै त्यसले महिलालाई विभेद वा अपमानित गरेको भनाइ गलत भएको धारणा व्यक्त गरिन्।

‘विदेशमा पनि मिस्टर, मिसेज र थर जोडेर बोलाउने गरिएको उदाहरण छ’, उनले भनिन्, ‘समयसँगै सामाजिक चेतनामा आएको परिवर्तनले विवाहित महिलाको अवस्था धेरै फेरिएको छ।’ तर पनि पुरूष आधिपत्यबाट अझै महिला स्वतन्त्र छन् भन्न सकिँदैन।

जतासुकैबाट अङ्कुश लगाइएको मात्र होइन, विवाहपश्चात् समेत महिलाको नाम परिवर्तन वा लोग्नेको थरमा परिणत गराइन्छ, यसो भनौं महिलालाई अस्तित्वविहीन बनाइन्छ, उनको भनाइ छ। रासस

Tags: मधेस खबर

Discussion about this post

Related Posts

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!