nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अरुको छोरी माल, तिम्रो छोरी लक्ष्मी ?

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १६, २०७८, ८:३२ मध्यान्ह
अरुको छोरी माल, तिम्रो छोरी लक्ष्मी ?

सीता न्यौपाने/काठमाडौ/माघ १६ गते। सविनाको बोली अरुलाई तुरुन्त प्रभावित पार्ने खालको थियो । जीवनको पहिलो जागिर उनले बोर्डिङ्ग स्कुलमा एक काउन्सिलरबाट सुरु गरिन् । हाम्रो स्कुलमा यस्ता सुविधा छन्, पढाइ असाध्यै राम्रो छ । शिक्षकहरू सबै राम्रा छन् भनेर उनले अभिभावकलाई आफ्नै स्कुलमा भर्ना गर्न लालायित गर्थिन् । उनले काउन्सिलको रुपमा त्यो स्कुलमा काम गर्न थालेपछि विद्यार्थी संख्या बढेको थियो । त्यो वर्षको ‘वेष्ट कर्मचारी’ अवार्ड सविनाले प्राप्त गरिन् । 

स्कुलमा काम गर्दा विद्यार्थीको अभिभावकहरूसँग उनको निकटता बढ्यो । घरमा तह लगाउन नसकिने कति विद्यार्थी जो स्कुलको होस्टलमै बस्थे, तिनीहरूका अभिभावकको आउजाउ धेरै हुन्थ्यो । हरेक थरिका अभिभावकसँग उनको चिनजान भयो । कतिले सविनालाई चिया कफीको पनि अफर गर्थे तर उनी त्यस्तो कुरालाई वेवास्ता गरेर आफ्नो काममा लाग्थिन् ।

स्कुलमा काम गरेको तीन वर्ष वित्न लागिसक्दा पनि तलब खासै वृद्धि नहुँदा भने उनी दिक्क थिइन् । त्यसैबखत एक अभिभावकले उनलाई भने, ‘तपाईंको यहाँ तलब कति छ, त्यसको दोब्बर दिन्छु । मेरो कन्सल्टेन्सी छ, पुतलीसडकमा । काम गर्ने हो ?’ भनेर सोधे । त्यसरी जागिरको अफर गर्ने त्यो मान्छे पहिलोे थिएन । त्यो बेला उनले सोचेर जवाफ दिने बताइन् ।

त्यसको केही समयपछि सविनाले आफ्नो तलब वृद्धि गनुपर्ने माग राखिन् । तर स्कुलले थोरै मात्र बढाउने सक्ने कुरा गर्यो । उनलाई दोब्बर तलबको अफर थियो । त्यसैले, उनले स्कुलको काममा निरन्तरता दिन नसक्ने भनेर छोडिन् र कन्सल्टेन्सीमा काम सुरु गरिन् ।

कन्सल्टेसीमा पनि उनले आफ्नो प्रतिभाको जलवा देखाइन् । आइएलटिएस, जिम्याट पढ्ने विद्यार्थीको घँुइचो लाग्यो । पहिले वर्षभरीमा विदेश पठाउने विद्यार्थीको संख्या उनी आएपछि एक इनटेकमै पठाउन थालियो । कन्सल्टेन्सीको व्यापारले सविनाको भाग्य चम्कियो । तलबबाहेक अफिसबाट प्रतिविद्यार्थी बोनस आउँथ्यो । उनले एकै वर्षमा स्कुटर किनिन् । दसंैमा घर जाँदा आमालाई सुनको तिलहरी र बुवालाई कोट पाइन्ट सिलाएकी थिइन् । उनी कन्सल्टेन्सीको जागिरदेखि सन्तुष्ट थिइन् ।

सविनाको ब्याचलरको परीक्षा सकिएको थियो । त्यो बेला उनलाई ‘बोस’ले बिहानको ड्यूटी हेर्दिन आग्रह गरे । विद्यार्थीको चाप बिहानमा थियो । बिहान अबेलासम्म सुत्नु भन्दा भनेर उनले त्यो प्रस्ताव सहर्ष स्वीकार गरिन् । र, भोलि पल्टैदेखि बिहानै अफिस पुग्न थालिन् ।

बिहानै काममा आउने कर्मचारीको लागि होटलबाट खाना मगाइदिन्थ्यो अफिसले । एकदिन सविना मिटिङ हलमा खाना खाने तयारी गर्दै थिइन्, बोस आइपुगे र भने, ‘मीठो–मीठो सधैं एक्लै खान्छेऊ, सरलाई कहिले खाम् भन्दिनऊ’ ?

‘सर आउनुस् खाऊँ’ भन्दै उनले बोसलाई पनि भाग लगाइन् ।

सबिनाको बोली राख्ने बानी थियो । त्यो दिन पनि उनलाई आफ्नै बोलीले फसायो । ‘सर, होटलको खाना मीठो हुँदैन, यो भन्दा मीठो म आफै कोठामा पकाएर खान्छु ।’

खाना लिंदै बोसले भने, ‘कहिले बोलाउँछ्यौ त सरलाई तिम्रो कोठामा खाना खान’ ?

बोसको कुरा सुनेर उनी अचम्ममा परिन् तर केही जवाफ दिइनन् ।

खाना खाँदै कुरा गर्ने क्रममा बोसले भने,‘म प्रायः घरमा खाना खाँदिन । कतिपटक भोकै अफिस आएको छु । म्याडमसँगको सम्बन्ध राम्रो छैन, सधैंको झगडाले तनावमा हुन्छु । बाहिरबाट हेर्दा सबै पर्फेक्ट देखिन्छ तर भित्र धेरै थोक मिलेको छैन । दुई वर्ष अगाडि म्याडमको पाठेघरको क्यान्सर भएर काटेर फालेको हो, उनलाई ‘पेन’ हुन्छ । श्रीमान्–श्रीमतीबीच फिजिकल इन्टिमेसी हुन नसक्नुले सम्बन्धमै दरार उत्पन्न हुन सक्ने रहेछ । एउटा छोरी छन्, उनकै लागि पनि हामी डिभोर्स गर्न सकिरहेका छैनौ । एउटै घरको छतमुनि हामी अन्जान जस्तो भएका छौं । तिमीलाई के लाग्छ, फिजिकल इन्टिमेसी कति महत्वपूर्ण छ ?’

बोसको कुरा सुनेर सविनाको एकछिन त होशै उड्यो । त्यो समस्या हुन सक्छ तर मलाई सुनाउन के आवश्यक ? बोसले आफ्नो दुःख, पीडा व्यक्त गरेको या अरु केही कुराको संकेत उनले छुट्याउन सकिनन् । मेडमको पाठेघरको क्यान्सर र फिजिकल इन्टिमेसी हुने र नहुने कुरा किन र के–का लागि ठानेर सुनाए उनले ? यस्तो समस्याको बारेमा आफूलाई केही जानकारी नभएको भन्दै उनी आफ्नो क्याविनमा आएर बसिन् ।

एकदिन बोस बिहानै अफिस आए, क्लास चलिरहेको थियो । बोसले भने,‘सविना तिमी बिहानको समयमा एकाउण्ट पनि हेरिदेउ । एकाउण्ट सरले कामको चाप भयो भन्नुभएको छ । फुर्सदमा तिमीले हेर्यौ भने सरलाई सहयोग हुन्छ ।

–सर मलाई कम्प्युटरमा ट्याली चलाउन आउँदैन ।

–खासै गाह्रो छैन म सिकाइदिन्छु ।

उनले टाउको हल्लाउदै सहमति जनाइन् । उनी खुसी पनि थिइन्, अब एकाउन्टिङ पनि सिकिने भयो भनेर ।

दुई घण्टापछि बोस ट्याली सिकाइदिने भन्दै आए । सविना आफ्नो कुर्सीमा थिइन्, कम्प्युटर अगाडि थियो । पछाडिबाट उनलाई पुरै कभर हुने गरी धाप मार्दै बोसले कम्प्युटरको माउसमाथि रहेको उनको हातमाथि हात राखेर ‘यसो गर, उसो गर’ भनेर सिकाउन थाले । तर सविनाको ध्यान पछाडिबाट बोसको छाती आफ्नो ढाडमा ढुक्कले टँसाएकोे र आफ्नो हातमाथि रहेको बोसको इन्टेसनतिर केन्द्रीत रह्यो ।

मनमा यावत प्रश्न उब्जे पनि वातावरण सहज होस् भनेर उनले आफ्नो शरीर थोरै अगाडि सारिन् । यो अवस्था असहज भएको बोसले थाहा पाओस् भन्ने उनको मनसाय थियो । एकछिनमा विस्तारै बोस अगाडि सर्यो र पहिले जस्तै टाँसियो । उनी फेरि अगाडि सरिन् । तर उनी जति अगाडि सरिन्, बोस उति अगाडि बढ्दै टाँसिए । अगाडि सर्दै गर्दा सविनाको टाउको कम्प्युटरको स्क्रिनमा गएर ठोक्कियो र भनिन् ‘सर यहाँ भन्दा अगाडि सर्ने ठाउँ छैन,’ उनको कुराले बोस झनक्क रिसायो । ऊ कम्प्युटरको माउस बजार्दै क्याविनबाट निस्कियो ।

त्यो दिनदेखि अफिसमै उनको र बोसबीच बोलचाल भएन । केही दिनमा अचानक ह्युमन रिसोर्सले उनलाई बोेलायो र भन्यो ‘तपाईंले अफिसमा मन लगाएर काम गुर्नभएको छैन । पर्फमेन्स यस्तै रहेमा अर्को महिनादेखि बाँकीको एग्रिमेन्ट अगाडि बढ्दैन, काममा कन्सनटेन्ट हुनुस् ।’

ह्युमन रिसोर्सको कुरा सुनेर सविना अचम्म परिन् । यो अफिसमा के हुन लागेको ? मसँग हुन लागेको चाहि के हो ? यति मेहनत गर्दा पनि काम भएन ? यही काम पहिले हुने, अहिले नहुने ? उनी बोसकोमा पुगिन् र भनिन्, ‘मलाई अफिसले निकाल्दै रैछ ?

बोसले ह्युमन रिसोर्स डिपार्टको कुरा आफूलाई जानकारी नहुने बताए ।

त्यो डिपार्ट देखाउनको लागि मात्रै राखिएको हो, त्यहाँबाट हुने हरेक निर्णय तपाईंको हो । त्यसैले मलाई अफिसले किन निकाल्दै छ ? त्यसको कारण मलाई यहाँबाट चाहियो । तपाईंले जुन कामको लागि मलाई हायर गर्नुभएको थियो, त्यो जिम्मेवारीमा म कहाँनिर चुकेको छु ? तपाईं जस्तो कर्मचारी मेरो अफिसमा चाहिएको छ भन्दै मलाई ल्याउनु भएको होइन ? मेरो काममा कम्प्लेन गर्नुस्, त्यो म स्वीकार गर्छु । तर कुरा अरु नै इन्टेसनको हो भने यहाँ मैले तर्क गरेर बस्नुको कुनै फाइदा छैन । यसरी उनले आफ्ना कुरा राखेर बोसको क्याविनबाट निस्किन् ।

त्यो दिन अफिसबाट निस्कने बेला सविनाले साथी अम्विकालाई फोन गरिन् र भेट्न बोलाइन् । बोसले गरेको सबै कुरा बेलीबिस्तार लगाउँदै भनिन्, ‘यो मान्छेको हरेक कर्तुत म बाहिर ल्याउँछु’ । उनको कुरा सुनेर अम्विकाले जवाफ दिइन्, ‘त्यसपछि तिमीलाई कतै जागिर पाइँदैन, बजारमा तिम्रो बदनाम हुनेछ । यो समाजमा नारीले समवेदना पाउन बलात्कृत भएर मारिनुपर्छ, योनीमा भाला रोपिएको लास जङगल वा खेतको कुलोतिर भेटिनुपर्छ । एसिड आक्रमणमा परेर अनुहार जल्नुपर्छ, तब ‘कठै विचरी’ भन्छ । नत्र तिमीलाई जिस्क्याउनु, घोरिएर हेर्नु, शरीरमा छुनु जस्ता क्रियाकलापलाई पुरुषले जन्मसिद्ध अधिकार मानेको छ । यस्ता सामान्य क्रियाकलाप विरुद्ध आवाज उठायौ भने तिमीलाई नै चरित्रहीन ठहर्याइनेछ । हिसाब नमिलेर आएको घटना भन्नेछन् ।

साथीले केही राहत देलिन् भन्दा उल्टै निराश बनाइन् । अब मालिकसँग बाझेर उसैको अफिसमा के काम गराइ हुन्छ । त्यसैले उनले जागिर छोड्ने निर्णय गरिन् । आमा बुवा सम्झेर त्यो रात उनी बेस्सरी रोइन् । निम्न वर्गको छोरीले थोरै अगाडि बढ्छु भन्ने सपना देख्न यो शहरमा अभिसाप नै पो रहेछ ।

भोलिपल्ट, सविनालाई ह्युमन रिसोर्सले अफिस बोलायो । अफिसबाट निकाल्ने कुरा नभएको थोरै आफ्नो परफर्मेन्समा ध्यान दिनु मात्र भनेको भन्दै लफडा सुल्झाउनतिर लाग्यो । जागिर नभए काठमाडौंमा टिक्न मुस्किल हुने कुरा सम्झिदैं उनी त्यही दिनदेखि काममा लागिन् । तर हिजो अस्तिसम्म आफ्नै लागेको त्यो अफिस आज विरानो लाग्यो उनलाई । काममा लगाव हराएको थियो । यिनीहरूले चाहेमा जतिबेला पनि मलाई निकाल्न सक्ने रहेछन् भन्ने कुराले मनमा डेरा जमायो । अफिसले कममा बोलाए पनि अब उनलाई त्यो अफिसमा निरन्तरता दिन सक्छु जस्तो लागेन उनलाई ।

एकदिन अचानक बिना खबर बोसको श्रीमती र छोरी अफिस प्रवेश गरे । एउटा आइएलटिएस पढ्ने केटोले बोसको १४÷१५ वर्षकी छोरीलाई देखेर कति च्वाँक केटी भन्यो । केटोले उनीहरू को हुन् चिन्दैनथ्यो । तर दुर्भाग्य केटोको बोली बोसले सुने । आफ्नी टिनेजर छोरीमाथिको त्यो भद्दा शब्दले उनले रिस थाम्न सकेनन् र विद्यार्थी केटोको कठालो समातेर कुट्न थाले । अफिसमा हंगामा मच्चियो । विद्यार्थीहरू, एकाउण्ट र एचआरका सरहरूलाई रोक्न हम्मे–हम्मे पर्यो । ‘मेरो छोरी जिस्क्याउने साले, यसलाई यही मारिदिन्छु’ भन्दै बोसले आगो ओकल्यो तर केटो भागिहाल्यो । बोसले आफ्नो मुखबाट अपशब्दका खोलो बगाउन बाहेक त्यो बदमास केटोलाई केही गर्न सकेन । छोरीका अगाडि लाचार बन्न एउटा बाउलाई कति गाह्रो हुँदो रहेछ, त्यो सविनाले प्रत्यक्ष देखिन् ।

त्यो घटनापछि उनका मनमा अनेक प्रश्नहरू तेर्सिन थाले । यस्ता बाउहरू कतिलाई थाहा होला आफ्ना छोरीहरू त्यो भन्दा भयानक हिंसाबाट गुज्रिनुपर्छ ? बोसले ममाथि गरेको हर्कत गाउँमा खेती किसानी गरेर बस्ने मेरो बुवाले थाहा पाए, हलोले हानेरै यिनको प्राण पखेरु उडाइदिन्थे । आफ्नो छोरीमाथि भएको अभद्र व्यवहार कुन बाउले हेरेर बस्ला ? तर अरुको छोरी माल, तिम्रो छोरी लक्ष्मी मान्दिनु पर्ने के छ ? तिम्रो छोरीलाई दुनियाँले लक्ष्मी मान्नुपर्छ भने, ए ‘बोस’ आफ्नो वानी सुधार्न सुरु तिमी आफैले गर ।-रातोपाटी बाट

Tags: विचार

Discussion about this post

Related Posts

बालबालिकामा कुपोषण बढ्दै, न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रमको माग

बालबालिकामा कुपोषण बढ्दै, न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रमको माग

महोत्तरीको बलबा नगरपालिकामा क्षयरोगका बिरामीलाई पोषण आहार वितरण

महोत्तरीको बलबा नगरपालिकामा क्षयरोगका बिरामीलाई पोषण आहार वितरण

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि