nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वैदेशिक रोजगारीमाथि फेरि मडारियो कालो बादल

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २९, २०७८, ७:५६ मध्यान्ह
वैदेशिक रोजगारीमाथि फेरि मडारियो कालो बादल

काठमाडौं/पुस २९ गते । नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिन शुरु भएसँगै डेढ वर्षपछि बौरिएको वैदेशिक रोजगारीको क्षेत्रमा फेरि त्रास सिर्जना भएको छ । नेपालमा उच्च गतिमा फैलिँदो कोरोना संक्रमण दरले मेनपावर व्यवसायी मात्रै हैन, विदेश जाने प्रक्रियमा रहेका श्रमिक पनि त्रसित छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति बढ्दै जान्छ, त्यति नै श्रम गन्तव्य मुलुकले नेपालप्रति कडा नीति लिने भएकाले सतर्क रहनुपर्ने बताउँछन् ।

‘हामीले महामारी रोकथाम र नियन्त्रण गर्न सक्यौं भने जुन गतिमा रोजगारीमा जानेहरु बढ्दै गएका छन्, त्यसलाई कायम राख्न सकिन्छ,’ उनी भन्छन्, ‘धेरै नै जोखिम भयो भने गन्तव्य मुलुकले ढोका बन्द गरिदिन पनि सक्छ ।’

अहिले मलेसियाबाहेक अरु देशले श्रमिकलाई लगिरहेका छन् । दक्षिण कोरियाले समेत नियमित रुपमा श्रमिक लैजान शुरु गरेको छ । अहिले कोरोना महामारीले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या महामारीकै अवस्थामा पुगेको छ । यहाँ कोरोनाको संक्रमण बढेपछि श्रम गन्तब्य देश पनि झस्किन सक्ने भएकाले महामारी नियन्त्रणलाई प्रभावकारी बनाउन व्यवसायीको माग छ ।

‘जे जति प्रोटोकल बनेका छन्, त्यसलाई पलना गराउनुपर्छ,’ श्रेष्ठ भन्छन्,‘अहिले वैदेशिक रोजगारीको क्षेत्रमा निकै उत्साहजनक अवस्था छ, त्यसलाई कायमै रहन दिने गरी महामारी नियन्त्रणको काम गर्नुपर्छ ।’

श्रेष्ठका अनुसार विदेश जाने श्रमिकलाई एक मात्रा मात्र लगाए हुने ‘जोन्सन एन्ड जोन्सन’ खोप पाउने सुनिश्चित गरिनुपर्छ । त्यसका लागि आवश्यक मौज्दातको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको उनले बताए । महामारीकै बीचमा पनि माग पत्र प्रमाणीकरण, श्रम स्वीकृति, मेडिकल, भिसा स्ट्याम्पिङ लगायतका सेवा कसरी दिने भन्ने तय गर्नुपर्ने संघले बताएको छ । मागपत्र प्रमाणीकरण, श्रम स्वीकृति र अन्तर्राष्ट्रिय उडान रोक्न नहुने व्यवसायीहरुको माग छ ।

दैनिक २५ सय विदेशिँदै गर्दा त्रास

अहिले औसत करिब २५ सय जना नेपाली रोजगारीका लागि विभिन्न श्रम गन्तव्य मुलुकमा पुगिरहेका छन् । गत मंसिर महिनामा मात्रै ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । यो संख्या कात्तिक महिनाको भन्दा करिब साढे १९ हजारले बढी हो ।

वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको देखिन्छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको छ । मुख्य रुपमा खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् । विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । त्यसमा १२ हजार ५३७ जना नयाँ श्रम स्वीकृति लिएकाहरु थिए ।

तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । जेठमा ७८७ ले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । जसमा १० हजार ७ सय जना नयाँ र अरु यसअघि विदेश गएर फर्केकाहरू थिए ।

गत साउनदेखि मंसिरसम्म २ लाख ३० हजार जना नेपाली वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि गएका छन् । साउनदेखि मंसिर महिनासम्म्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३० हजार ४११ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ९९ हजार ५८० पुगेको छ ।

विभागका अनुसार साउनमा २५ हजार ४२८ जना नेपाली कामका लागि विदेश गएका थिए । त्यसमध्ये मेनपावर कम्पनी र व्यक्तिगत पहलमा आएको नयाँ भिसामा जानेको संख्या १३ हजार ८ सय थियो । भदौमा २४ हजार ६९२ जनाले नयाँ श्रम स्वीकृति लिए भने श्रम स्वीकृति नवीकरण गर्नेसहित ३६ हजार ४० जना कामका लागि विदेशिएको विभागको तथ्यांकमा देखिन्छ । असोजमा ३९ हजार ६७१ जना नेपाली विदेश उड्दा २७ हजार ८२४ जना नयाँ श्रम स्वीकृति लिनेहरु थिए ।

कात्तिक महिनामा ५४ हजार ९१८ जाने विदेश जान श्रम स्वीकृति पाएका थिए । त्यसमध्ये ३० हजार १८ जनाले विदेशमा नयाँ कामको अवसर पाएका हुन् भने अन्य श्रम स्वीकृति नवीकरण गरेर पुरानै कार्यस्थलमा फर्किएकहरु थिए । कात्तिकमा मात्रै दैनिक औसत १ हजार ८३० जना श्रमिक विदेशिने गरेकोमा मंसिर महिनामा २ हजार ४७८ जना पुगेको विभागको तथ्यांकले देखाउँछ । मंसिरमा ३४ हजार ४ सय ९७ जना नयाँ भिसा लगाएर गएका हुन् भने ३९ हजार ८५७ जना पुरानो श्रम स्वीकृति नवीकरण गरेर उडेका छन् । पुस लागेयता विदेशिने नेपालीको संख्या थप बढेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । मलेसियामा पनि रोजगारीको ढोका खुले यो संख्या थप बढ्ने आशा व्वयवसायीमा छ ।

तर, अब महामारीले सिर्जना गर्ने परिस्थिति कस्तो हुन्छ भन्ने अन्योल छ । विदेशिने श्रमिकका लागि अवसर बढ्दै गर्दा देखिएको महामारीको नयाँ लहरको संकेतले वैदेशिक रोजगारीमाथि फेरि कालो बादल माडारिएको छ ।

श्रम गन्तब्य मुलुकहरुमा महामारीका कारण बन्द रहेका उद्योग, कलकारखाना र परियोजनाहरु फेरि सञ्चालन हुन थालेकाले श्रम गन्तब्य देशको नियमअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाली श्रमिकले निरन्तर जान पाइरहने वातावरण बनाउनुपर्ने वैदेशिक रोजगार विभागका अधिकारीको मत छ ।

अहिले तोकिएको पीसीआर, खोप, क्वारेन्टिन जस्ता व्यवस्था पालना गर्नुपर्ने भएकाले विगतको जस्तो सहज अवस्था नभएपनि रोजगारीका लागि विदेश जान काठमाडौंका मेनपावर कम्पनी धाउने श्रमिकको संख्या बढेको बढ्यै छ । तर, अब वैदेशिक रोजगारीले अर्को तगारो ल्याउने डर सर्वत्र छ ।

साभार स्रोत-अनलाईन खबर बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!