nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ मा दुई लाख १३ हजार मतदाता थपिए

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २२, २०७८, ७:१८ मध्यान्ह
सिरहामा थपिए २१ हजारभन्दा बढी नयाँ मतदाता

जनकपुरधाम/पुस २२ गते ।निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् ।

निर्वाचनलाई लक्ष्य गरेर गत मङ्सिर १७ देखि पुस १८ गतेसम्म सञ्चालित एक महिने मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत सो सङ्ख्यामा मतदाता थपिएको जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहँदा धनुषामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । यतिखेर धनुषाको गाउँ–गाउँबाट सर्वसाधारण फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालय आउन थालेका छन् । गाउँ–गाउँबाट फोटो खिचाउन आउनेको सङ्ख्या ह्वातै बढेपछि प्रदेश निर्वाचन कार्यालयमा भीड बढ्दै गएको छ ।

‘‘कार्यालय नखुल्दै गेटमा ठूलो सङ्ख्यामा सर्वसाधारणको भीड लागिसकेको हुन्छ”, प्रदेश निर्वाचन कार्यालय जनकपुरका सूचना अधिकारी कृष्ण राउतले भने, ‘‘दैनिकजसो सर्वसाधारणको भीड बढ्दै जाँदा काम गर्न असजिलो भइरहेको छ, तैपनि हामी मतदाता नामावली सङ्कलनको कार्य गर्दै आएका छौं ।”

कार्यालयमा तीन÷चारवटा कम्प्युटरबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्दै आएको सूचना अधिकारी राउतको भनाइ छ । दैनिक ६०० देखि ७०० जनासम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाले जानकारी दिए ।

२०७४ सालको निर्वाचनपछि लामो समयसम्म स्थानीय तहमा मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्न नसकेको, कोभिड– १९ सङ्क्रमणको त्रास, विदेशबाट युवाहरु फर्किने क्रम बढेको तथा स्थानीय तहको निर्वाचन नजिकिएकोलगायतका कारणले मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउनेको सङ्ख्या बढेको उनको भनाइ छ ।

यसका साथै फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका सर्वसाधारणलाई स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताले पनि गाउँ–गाउँबाट पठाउने गरेका छन् । मतदाता नामावली नाम दर्ता नभए आगामी निर्वाचनमा मत खसाल्न नपाइने र आफ्नो पक्षको मतदाता घट्नसक्ने भएकाले जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि गाउँ–गाउँबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पठाउने गरेको प्रमुख झाको भनाइ छ ।

उनले थपिएका मतदातासँगै धनुषामा कूल चार लाख ६३ हजार ३९७ मतदाता पुगेको जानकारी दिए । यसअघि धनुषामा चार लाख २५ हजार ५३ मतदाता रहेको थियो । गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म दुई चरणमा धनुषाका १६ वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरिएको प्रमुख झाले बताए ।

यस्तै अभियानका क्रममा विभिन्न पेशा व्यवसाय गरी बसेका ४१३ मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराएकोमा उनीहरुको नामावली सम्बन्धित जिल्लामा पठाइएको सो कार्यालयले जनाएको छ ।

यसैगरी थपिएका मतदातासँगै सिरहामा चार लाख ६ हजार ९७२ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

मङ्सिर १७ देखि पुस १८ गतेसम्म जिल्लाका १७ वटै पालिकामा दुई चरणमा सञ्चालन गरेको सो अभियानअन्तर्गत २२ हजार ८३६ र कार्यालयबाट ६ हजार ४४२ गरी कूल २९ हजार २७८ मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिए । गत २०७४ सालको निर्वाचनमा सिरहामा तीन लाख ३२ हजार ८९४ मतदाता रहेको थिए ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!