nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको डाक्नेश्वरी नगरपालिका : पुस्तौँदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १६, २०७८, ८:५१ मध्यान्ह
सप्तरीको डाक्नेश्वरी नगरपालिका : पुस्तौँदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता

राजु विश्वकर्मा/पुस १६ गते। पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छन् । स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेको जग्गा खाली गर्न भनेपछि उनीहरूलाई समस्या भएको हो ।

‘वर्षौंदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ ।’ सदाले भने, ‘अहिले आएर चौधरीले यो जग्गा मेरो हो भन्दै जग्गा खाली गर्न भने, पछि त अदालतमा पनि मुद्दा हाल्नुभयो ,अहिले कहाँ जाने भन्ने समस्या परेको छ ।’ यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उनको दुखेसो छ ।

आफूहरूसँग नम्बरी जग्गा छैन, त्यसैले पोखरीको डिलमा फुसको छाप्रो बनाई बस्दै आएका छौँ’, उनले भने, ‘अहिले भोक र निद्रा नै हराएको छ ।’ उनका अनुसार सदा समुदायले धेरै पहिलादेखि सोही जग्गामा घर बनाएर बस्स्दै आएका थिए । ‘

बुबा पनि सोही जग्गालाई आफ्नो बासस्थान बनाउनुभयो’, ६० वर्षीय सदाले भने, ‘हामी पनि यही जग्गामा थाकथलो बनाएर बसिरहेका छौं, तर अहिले अचानक आएर चौधरीले जग्गा दाबी गर्दै मुद्दा हालेपछि परिवार नै उठीबासमा पर्ने चिन्तामा छौँ ।’ पछिल्लो समय केही दिनयता चौधरीले बस्तीमै आएर जग्गा खाली गर्न धम्कीसमेत दिन थालेपछि थप तनावमा परेको सदाको गुनासो छ ।

कहिलेदेखि हजुरबुबा यो जग्गामा बस्नुभयो भने नै हामीलाई नै थाहा छैन’, डाक्नेश्वरी नगरपालिका–५ का ४५ वर्षीय रामेश्वर सदाले भने, ‘जग्गा खाली गराउने भन्दै चौधरी अदालत गुहारेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने ? समस्यामा परेका छौँ ।

पुस्तौँदेखि यही बस्यौँ, यही मजदुरी गर्‍यौँ, कहिले पनि कसैले यो जग्गा मेरो हो भनेनन्’, उनले भने, ‘अहिले अचानक चौधरीले जग्गा खालीका लागि धम्की आउन थालेपछि लालाबालासहित कहाँ जाने भन्ने चिन्तामा डुबेका छौँ ।’ विस्थापित हुनबाट जोगाइदिन सबैसँग उनले अपिलसमेत गरे ।

स्थानीय रमानन्द चौधरीले जग्गा दाबी गर्दै पोखरीको डिल खाली गराउन अदालत पुगेपछि रामदेव र रामेश्वर सदा मात्र होइन, आर्थिकरूपमा विपन्न मुसहर समुदायसँग आफ्नो जग्गा नहुँदा गाउँ नजिकैको पोखरी डिलमा पुस्तौँदेखि बस्दै आएका २५ घर मुसहर समुदाय उठीबासको जोखिममा छन् ।

स्थानीय चौधरीले पोखरी डिल आफ्नो निजी जग्गा भएको र सदाले जग्गा हडपेर जबर्जस्ती घर बनाई बसेको भन्दै जग्गा खाली गराउन २०७८ मङ्सिर २० गते सप्तरी जिल्ला अदालतमा मुद्दा दायर गरे । चौधरीले मुद्दा दिएको अदालतबाट पत्र आएपछि बल्ल थाहा पाएको सुनाउँदै स्थानीय मुसहर समुदायले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने अडानमा छन् ।

पुस्तौँदेखि भोजचलन गर्दै आएको जग्गा खाली नगर्ने आफूहरू पनि अडानमा छौँ’, ३७ वर्षीय ओपेन्द्र सदाले भने, ‘त्यसैले हामी पनि अदालतमा प्रतिउत्तर जोड्ने तयारीमा छौं, अन्तिमसम्म हामी पनि लड्छौँ ।’ यसमा सबैको सहयोग चाहियो, उनको आग्रह थियो ।

यसअघि सप्तरीको शम्भुनाथ नगरपालिका-१ खोक्सर प्रवाहाका दलित समुदायलाई जग्गा खाली गराउन स्थानीय देवीलाल साहले अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दामा अदालतले यथास्थितिमै राख्न आदेश दिएपछि दलित समुदाय उठीबास हुनबाट जोगिएको थियो ।

यसरी आर्थिक विपन्नता र सामाजिक विभेदमा परेका दलित समुदायलाई आवश्यक परामर्श तथा सहयोगका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले अभियान सुरु गरेको छ ।

द फ्रिडम फण्डका सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले दलित बस्तीका हरूवाचरुवा परिवारलाई लक्षित व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरणका योजनासहितको कार्यक्रम सञ्चालन गरेको केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिए ।

दलित समुदाय उठीबाससँगै शिक्षा र नागरिकताको समस्या रहेको पाइएकाले ती समुदायका हरूवाचरुवा परिवारलाई आवश्यक परामर्श र सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । पुस्तौँपुस्तादेखि बस्दै आएको मुसहर समुदायलाई उठीबास हुन नदिन आफूहरूले पनि सहयोग गर्ने स्थानीय गैरदलित समुदायका अगुवाले समेत बताएका छन् ।

ऐन, कानुनले पनि कसैलाई उठीबास गर्न नहुने व्यवस्था गरेको अवस्थामा मुसहर समुदायलाई उठीबास बनाउने योजनालाई आफूहरूले पनि असफल बनाउन सहयोग गर्ने स्थानीय समाजसेवी असर्फीलाल यादवले बताए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

महुली लघुवित्तको नाफा बढ्यो

महुली लघुवित्तको नाफा बढ्यो

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि