nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दानाको कच्चा पदार्थको मूल्य घटाउन माग

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ३, २०७८, ७:२८ मध्यान्ह
दानाको कच्चा पदार्थको मूल्य घटाउन माग

जनकपुरधाम/पुस ३ गते। दाना बनाउने कच्चा मकै, भटमासको पिना, औषधिहरु, कच्चा तेल तथा फिड सप्लीमेन्ट सहितका कच्चा पदार्थहरुको मूल्यबृद्धि प्रति दाना उद्योग संघ नेपालको ध्यानाकर्षण भएको छ ।

विगत २ महिनादेखि सदर ८५ रुपैया प्रति किलो रहेको भटमास पिना १ सय र ३०–३२ प्रीत किलो रहेको मकैको मूल्य ३९ रुपैया प्रति के.जी पुगेको छ । जसले गर्दा दानाको उत्पादन लागत बढ्नु स्वभाविक रहेको संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कृषकले उत्पादन गर्ने कुखुरा र अण्डाको लागत मुल्य पनि बढेको छ । मासु र अण्डा उत्पादन लागतमा दानाको ६०% को हाराहारी योगदान रहने जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ,‘आर्थिक वर्ष ०७४।०७५को बजेट सम्म दाना उद्योगहरुको लागि आवश्यक पर्ने कच्चापदार्थहरु जस्तैः मकै तथा भटमासको पिना १.६% मा छुटदै आएकोमा २०७५।२०७६ बाट मकैमा ५% र भटमासको पिनामा ९% सम्म कृषि सुधार शुल्क बढाएकोले स्वतःदानाको मुल्यमा बृद्धि हुन गएको कुरा नकार्न सकिदैन ।

पशुपंक्षिको आहारमा प्रयोगहुने धेरैजसो कच्चापदार्थहरुको मुल्य बढेसंगै दानाको मुल्यपनि बढेको छ ।’ १ खर्व भन्दा बढिको लगानीमा देशभर १ सय १४ वटा दाना उद्योगहरु सञ्चालनमा रहेको छ र सो मध्ये ६० भन्दा बढि ठूलो लगानीमा रहेका उद्योगहरु गरी १ लाख भन्दा बढिलाई रोजगारी दिएको दाना उद्योग संघले जनाएको छ । यस पोल्ट्री व्यवसायले नेपालको कूल ग्राहस्थ उत्पादनमा ४% योगदान पु¥याएको जानकारी दिँदै संघले नेपाल पशुपंक्षिको दाना उत्पादनमा आत्मनिर्भर रहेको दाबी समेत गरेको छ । दाना बनाउन आवश्यक पर्ने फिड सप्लीमेन्टहरुमा २५% देखि ३० % सम्म बृद्धि भएको छ ।

मकै करिव ६०%खपत हुने गरेको भटमासको पिनाको खपत दाना उत्पादनमा लगभग २५–३२%हुन जाने र सोको प्रभाव प्रत्यक्ष रुपमा दानाको मूल्यमा पर्न जाने संघको ठहर छ । भटमासको पिनामा लाग्दै आएको कर ९% बाट घटाएर पुरानै दर १.६% हुनुपने, विगतको समयमा बंगलादेशबाट सहज रुपमा भटमास पिना आयात भईरहेकोमा हाल आएर बंगलादेशबाट भारतमा समेत निर्यात हुनथालेपछि बंगलादेश सरकारले निर्यातमा रोक लगाएको छ भने तत्काल नेपालको तर्फबाट नेपाल निर्यात खुलाउन बंगलादेश सरकार समक्ष कुटनीतिक पहलको लागि कार्य गर्नुपने,मकैमा लाग्दै आएको कर ५% बाट घटाई पुरानै दर १.६ % कायम हुनु पने,औषधीमा लाग्दै आएको कर १०% बाट घटाएर पुरानै दर १% कायम हुनु पर्ने, दीर्घकालीन रुपमायी र यस्ता समस्याहरु समाधान गर्न बृहत रुपमा मकै तथा भटमास खेतीलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराउने,आत्मनिर्भर भईसकेको नेपालको पोल्ट्री व्यवसायको दाना उत्पादन गर्ने उद्योगहरुलाई संरक्षण गर्ने तर्फ पहल गर्न र उत्पादन लागत कम गर्न पनि नेपालमा उत्पादन नहुने तथा अपुगहुने कच्चापदार्थमा भन्सार महसुलमा परिवर्तको लागि आगामी बजेटमा दीर्घकालीन योजनाका साथ ल्याउनु पर्ने सरकारसंग संघले माग अघि सारेको छ ।

दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि

कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ ।

कोभिड– १९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन् । नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम पोखरेलका अनुसार दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भारी मूल्यवृद्धि भएको छ । गत वर्ष प्रतिकिलो रु ७२ हाराहारी पर्ने भटमास हाइब्रो अहिले रु १२० प्रतिकिलो परेको छ ।

यसैगरी सामान्य भटमास रु ११० पर्ने गरेको छ । जुन गत वर्ष रु ६२ प्रतिकिलोमात्रै थियो । मकै रु ३२ बाट बढेर रु ३८ पुगेको छ । तेल रु १६० प्रतिलिटरबाट रु २४२ पुगेको छ । पोखरेलका अनुसार ढुटो रु २८ बाट ३३ पुगेको छ । मूल्यवृद्धि बढी भएको भटमासको पिना र मकै गरी ७५ प्रतिशत हाराहारी दानामा प्रयोग हुने गर्दछ । यसैगरी रु ५० पर्ने डिसीपी रु १२० प्रतिकिलो पुगेको छ । भिटामिन, मिनिरल्स, औषधिमा पनि ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएको उहाँको भनाइ छ । कच्चा पदार्थको मूल्य बढेपछि दानाको मूल्य केही बढे पनि लागत मूल्य पाउनै मुस्किल रहेको उहाँले जानकारी दिनुभयो ।

पोल्ट्री व्यवसायी महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोखरेल यसबाट कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एकातर्फ दानाको मूल्य बढ्यो, अर्काेतर्फ पोल्ट्रीजन्य उत्पादनको मूल्य घटेको छ, जसले गर्दा किसान मारमा परेका छन् ।” किसान दाना उद्योग प्रालिका कार्यकारी निर्देशक विनोद पोखरेल दानाको कच्चा पदार्थका कारण दानाको लागत मूल्य बढेको बताउनुहुन्छ । पोखरेल समूहको नवलपरासीमा तीन लाख हाराहारी कुखुरा रहेका छन् । दानाको मूल्य बढ्दा लागत बढेको तर त्यसैअनुसारको अण्डा र मासुको मूल्यवृद्धि हुन नसक्दा समग्र किसान प्रभावित भएको उहाँको भनाइ छ ।

दानाको कच्चा पदार्थको मूल्यवृद्धिलाई आफूले अस्वाभाविकरूपमा लिएको उहाँले बताउनुभयो । उहाँले भटमास र मकैमा लाग्ने कृषि सुधार शुल्क शून्यमा झार्न सकेमा केही लागत घट्ने जानकारी दिनुभयो । नेपाल दाना उद्योग सङ्घका पूर्वध्यक्ष डा तिलचन्द्र भट्टराई भारत, ब्राजिल, दक्षिण अमेरिकी देशहरूबाट भटमासको पिना आउने गरेकामा कोभिडसँगै विभिन्न खालका समस्या देखिएर ल्याउन कठिन भएको बताउनुहुन्छ । भारतमा मकै र भटमासको उत्पादन घटेको भन्दै उहाँले मकै बङ्गलादेशबाट आउने गरेकामा ल्याउन कठिन भएको बताउनुभयो । तेस्रो मुलुकमा सामान पाए पनि कन्टेनर नपाउँदा समस्या आएको भट्टराईको भनाइ छ । डा भट्टराईले भन्नुभयो, “कोभिडले अन्तर्राष्ट्रिय व्यापारको सञ्जाल भत्किएको छ, जसले मूल्यवृद्धि गरायो ।” भारतमा मकै, भटमासजस्ता वस्तुको उत्पादन घटेको र तेस्रो मुलुकबाट सामान आयात गर्न समस्या भएपछि मूल्यवृद्धि भएको उहाँको भनाइ छ । दानामा ढुटो, डिओसी, तोरीको पिना, मिनिरल, भिटामिन, क्याल्सियमका स्रोतहरू आवश्यक पर्दछ । ती सबैको मूल्यमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरी भटमासको पिना नयाँ आउने बेलामा अस्वाभाविक मूल्यवृद्धि भएको बताउनुहुन्छ ।

अहिले दानाको लागत मूल्यमा प्रतिकेजी रु २१ हाराहारी मूल्यवृद्धि भएको छ । यद्यपि व्यवसायीहरूले प्रतिकिलो रु ५.५० देखि ६.५० सम्म बढाएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७४÷७५ सम्म बाहिरी देशबाट भटमासको पिना र मकै ल्याउँदा १.६ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेकामा त्यसयता मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको उहाँले बताउनुभयो ।

यसले गर्दा दानामा प्रतिकिलो रु चार बढेको पुरी बताउनुहुन्छ । हाल दानाको मूल्य रु ६० देखि ८० सम्म प्रतिकिलो पर्ने गरेको छ । विश्वभर कृषि क्षेत्रमा बाह्य देशबाट आउने कच्चा पदार्थमा शून्य प्रतिशत शुल्क लाग्ने भए पनि नेपालमा सरकारले यसतर्फ ध्यान नदिँदा आफूहरू प्रभावित भएको उहाँको भनाइ छ । सबैभन्दा धेरै खपत हुने भटमासको पिना ९९ प्रतिशत र मकै ७५ प्रतिशत विदेशबाट आयात हुने गर्दछ । पुरीका अनुसार गत साल रु ३३ अर्ब हाराहारीको मकै र भटमास भित्रिएको थियो । यस वर्ष रु ४० अर्बभन्दा बढी आयात हुने अनुमान गरिएको छ । पोल्ट्रीका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भए पनि यसको उत्पादन भने आत्मनिर्भर रहेको छ ।-रासस

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!