nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सवारी दुर्घटना न्यूनीकरणका लागि बोदे बर्साईनमा ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २८, २०७८, ८:१९ मध्यान्ह
सवारी दुर्घटना न्यूनीकरणका लागि बोदे बर्साईनमा ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन

सप्तरी/उमेश कुमार साह/मंसिर २८ गते।सप्तरीको बोदे बर्साईनमा आइतबारदेखि सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन सुरु भएको छ। अभियान आगामी पौष ४ गतेसम्म चल्ने छ।

इलाका प्रहरी कार्यालय बोदे बर्साईन र अस्थाई ट्राफिक प्रहरी कार्यालय बोदे बर्साईनको संयुक्त आयोजनामा यो अभियान थालिएको हो।

बोदे बर्साईन नगरपालिकाको मुख्य बोदे बर्साईन बजार एरियामा आयोजित एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रहरी नायब निरीक्षक जय प्रकाश शाहले ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक स्टिकर सार्वजनिक यातायातमा टाँसेर अभियानको शुभारम्भ गरेका हुन्।

शाहले सवारी दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष सचेत हुनुपर्ने बताए। ‘ट्राफिक प्रहरी, गाडी चालक र स्वयं यात्रु समेत सचेत हुनुपर्छ’ उनले भने, ‘व्यवसायीले पैसाको लोभमा चालक र सह–चालकलाई यात्रु धेरै बोक्न बाध्य पार्नु हुँदैन।’

सडक विभागको लापरवाहीले समेत दुर्घटना बढ्ने गरेको उनको भनाई छ। मादक पदार्थ सेवन गरेर चालकले सवारी चलाउदा दुर्घटना हुने स्थानीय अमरेन्द्र कुमार चौरसियाले बताए। मादक पदार्थ सेवन गरेको चालक तथा सह–चालक फेला पारेमा तत्काल सम्बन्धित निकायमा खबर गर्न यात्रुलाई उनले आग्रह गरे। अस्थाई ट्राफिक प्रहरी कार्यालय बोदे बर्साईन को प्रमुख प्रहरी हवलदार शम्भु चौहानले मंगलबार देखि सुरु भएको यो कार्यक्रम स्थानीय तहको समन्वयमा ग्रामीण भेगमा सञ्चालन गर्नुपर्ने बताए।

पछिल्लो समयमा सवारी दुर्घटनाबाट मानिस मर्नेको संख्या वृद्धि हुँदै गएको स्थानीय सतेन्द्र यादवले बताए। ‘पहिले चेतनाको कमीले हैजा, झाडापखाला जस्ता विमारले मानिसको मृत्यु हुने गर्दथ्यो’, उनले भने, ‘अहिले सवारी साधन दुर्घटनाको कारण धेरैले ज्यान गुमाउन बाध्य छन्। सार्वजनिक यातायात सुविधायुक्त हुनुपर्छ। चालक र सह–चालक इमान्दार हुनुपर्छ। एकपटक मौका दिएर उनीहरूलाई सुधार्ने दायित्व सबैको भएको उनले बताए।

इलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख शाहले ट्राफिक नियम पालना गर्न सुझाव दिए। ‘सडकको अवस्था नाजुक छ। त्यसैमाथि चालकले लापरवाही गरेको पाइन्छ’, उनले भने’, नियम उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ।’ यो अभियानअन्तर्गत सवारी चालक, सह-चालक, यात्रु, व्यवसायीलाई समेत ट्राफिक नियमसम्बन्धी सहजीकरण गर्ने प्रहरी नायब निरीक्षक शाहले बताए। उनका अनुसार पछिल्लो समयमा जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुन थालेको छ। चालु आर्थिक वर्षमा साना ठूला सवारी गरी मानिस घाइते हुने किसिमका धेरै दुर्घटना भएका छन्। यो ५ महिनाको तथ्यांक हो।

यस्तो विकराल अवस्थालाई न्यूनीकरण गर्न सडकमा चालकसँग एक मिनेट लगायतका कार्यक्रम गर्दै आएको उनले बताए। सडकमा चालकलाई भेला गराई प्रशिक्षण दिने, विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकलाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रमुख शाहले बताए। उनले नियम उल्लंघन गर्ने चालकलाई समेत कारबाही गरिएको बताए।

अभियान अन्तर्गत बोदे बर्साईनको माउन्ट एभरेस्ट ई बोडिङ्ग स्कुलको सयौं जना बिद्यार्थीहरुको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको छ। सीमाना बोडर देखि हाम्रो सीमाना नाकासम्म लगायतको ग्रामीण भेगमा समेत कार्यक्रम सञ्चालन हुने प्रमुख शाहले बताए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

महुली लघुवित्तको नाफा बढ्यो

महुली लघुवित्तको नाफा बढ्यो

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि