मंसिर २७ गते। बिहे गर्ने प्रलोभन देखाई १६ वर्षीया बालिकालाई जबर जस्ती क रणी गरेको आरोपमा पर्सा प्रहरीले एक भारतीय युवकलाई प क्राउ गरेको छ।
प्रहरीले जबर जस्ती क रणीको आरोपमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई प क्राउ गरेको हो।
सिंहले बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाईफकाई विवाह गर्ने प्रलोभन देखाई गत शुक्रबार राति वीरगञ्ज–११ श्रीपुरस्थित आफ्नो कोठामा बोलाएका थिए। सिंहले कोठामै बालिकालाई सोही राति पटक पटक जबर जस्ती क रणी गरेको प्रहरीले जनाएको छ।
पीडित बालिकाका अभिभावकले दिएको जाहेरीको आधारमा सिंहलाई वीरगञ्ज महानगरपालिका–११ श्रीपुरबाट प क्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। प क्राउ परेका उनलाई जबर जस्ती क रणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको खनालले बताए।





















Discussion about this post