nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुस्लिम समुदायको विकास विना प्रदेश र देशको हुन सक्दैन : मुख्यमन्त्री राउत

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २५, २०७८, ८:०६ मध्यान्ह
मुस्लिम समुदायको विकास विना प्रदेश र देशको हुन सक्दैन : मुख्यमन्त्री राउत

जनकपुरधाम/मंसिर २५ गते।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायको विकास विना प्रदेश र देशको विकास नहुने बताएका छन् ।

मुस्लिम आयोगले शनिबार मुस्लिम समुदायको हकहित अभिवृद्धिका लागि विद्यमान कानुनी, नीतिगत तथा संस्थागत विषयमा प्रदेश सरकार एवं प्रदेश सांसदसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । प्रदेश २ मा करिब १२ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको र उनीहरूको अपेक्षित विकास हुन नसकेको राउतले बताए ।

सबै समुदाय, वर्ग र जातजातिको विकास भएको खण्डमा मात्रै प्रदेश र देशको विकास सम्भव हुने मुख्यमन्त्री राउतको भनाई थियो । शिक्षामा अहिले सम्म पनि मुस्लिम समुदायको पहुँच हुन नसकेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘शिक्षा नै विकास र सम्वृद्धिको माध्यम रहेकोले मुस्लिम समुदायको अगुवाहरूले आफ्ना टोल समुदायका बालबालिकाको पठनपाठनतर्फ आकर्षित गर्नुपर्छ ।’

मदरसा शिक्षालाई राज्यले मान्यता दिनु पर्नेमा जोड दिँदै मुख्यमन्त्री राउतले मदरसा शिक्षाका साथै आधुनिक शिक्षासँग बालबालिकाहरूलाई जोड्नुपर्ने बताए । प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठनको लागी विधेयक सदनमा पुर्‍याइ सकेको उल्लेख गर्दै उनले मदरसामा अरबी र उर्दुका साथ साथै अंग्रेजी, विज्ञान र गणित शिक्षाको अध्यापन समेत हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा मुस्लिम आयोगमा अध्यक्ष समिम मियाँ अन्सारीले सकारले सरकारले समयमा कानुन नबनाउँदा लोक सेवा आयोग लगायतका विभिन्न निकायमा मुस्लिम समुदायले जनसंख्याको आधारमा आरक्षण पाउन नसकिरहेको बताए ।

संविधानमा दिएको अधिकार पनि कानुनको अभावमा प्राप्त हुन नसकिरहेको बताउँदै अध्यक्ष अन्सारीले भने, ‘मुस्लिम समुदायको समस्या तथा त्यसको समाधानको विषयमा एक प्रतिवेदन तयार गरी सकारलाई सिफारिस गरे पनि कानुनको अभावमा त्यो अहिले सम्म कार्यान्वयन हुन सकेको छैन ।’

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलीप साह, सुरिता साह सहितका वक्ताहरूले मुस्लिम समुदायको हक अधिकार बारे आ–आफ्नो धारणा राखेका थिए ।

Tags: राजनिति

Discussion about this post

Related Posts

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!