एक बालिकामाथि सामूहिक बला त्कार भएको छ। घरबाट दाउरा खोज्न घरबाहिर गएको समयमा चार जना युवकले बालिकामाथि जबर जस्ती क रणी गरेका हुन्।सर्लाहीको बलरामा १४ वर्षीया बालिकामाथि सामूहिक बला त्कार भएको हो। क रणी गरेका चारमध्ये दुई जनालाई सर्लाही प्रहरीले प क्राउ गरेको छ।
सर्लाहीको बलरा नगरपालिका ४ की बालिकामाथि चार जनाले सामूहिक बला त्कार गरेको स्थानीयले बताएका छन्। चार जनाले बला त्कार गरेको भए पनि सर्लाही प्रहरीले दुई जनालाई मात्र प क्राउ गरेको स्थानीयको आरोप छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि कृष्ण प्रसाईँले घटनाको बारेमा अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। एसपि प्रसाईँले घटनामा परेकी किशोरीलाई मेडिकल गराउन पठाएको र रिपोर्ट आउन बाँकी रहेको बताउँदै घटनाको बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्।
प क्राउ परेका दुई जनाको पहिचान सार्वजनिक गर्न अस्वीकार गरेका एसपि प्रसाईँले घटनाबारे विस्तृत विवरण अनुसन्धानको एउटा चरण पूरा भएपछि जानकारी गराउने स्पष्ट पारेका छन्।














Discussion about this post