मंसिर २४ गते । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ८२ जना कर्मचारी माग गरेको छ । शुक्रबार विज्ञापनमार्फत विभिन्न पदमा कर्मचारी माग गरेको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले विज्ञापनमा अनलाइन आवेदन दिन सक्ने राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।
प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृति)का लागि ४५ जना, निर्देशक (अधिकृत तृतिय, लेखा/लेखा परिक्षण)मा ६ जना र सहायक निर्देशक (अधिकृत तृतिय, वाणिज्य कानुन)मा २ जना माग गरिएको छ।
प्रशाशनतर्फ सहायक निर्देशक (अधिकृत तृतिय, सूचना प्रविधि)मा ५ र प्रशासनतर्फ सहायक (सहायक द्धितिय)का लागि २५ जना माग गरिएको छ।
उक्त विज्ञापनमा दरखास्त दिन आज २०७८ मंसिर २४ गतेदेखि पुष १५ गतेसम्म अनलाइन आवेदन दिन सकिने छ । यस्तै पुष २२ गतेसम्म दोब्बर दस्तुरमा अनलाइन दरखास्त दिन सकिने बताइएको छ ।अनलाइन फारम भर्न नेपाल राष्ट्र बैंकको वेबसाईट www.nrb.org.np को CAREER भित्र गई online portal for open competition बाट भर्न सकिनेछ।अनलाइन फारम submit गरे पश्चात् प्राप्त हुने Application Number अनुरुप बुझाउनु पर्ने परिक्षा दस्तुर esewa,connect IPS वा Khati बाट बुझाउनु पर्नेछ।
हेर्नुहोस विज्ञापन























Discussion about this post