जनकपुरधाम/मंसिर २३ गते।नेकपा (माओवादी केन्द्र)को प्रदेश २ अधिवेशन जनकपुरमा हुन लागेको छ । अगामी शनिबार प्रदेश अधिवेशन जनकपुरमा सुरु हुने भएको छ ।
माओवादी केन्द्र संयोजक प्रह्लाद बुढाथोकीले प्रदेश अधिवेशनको तयारी भइरहेको जानकारी दिए । यद्यपि माओवादी केन्द्रको प्रदेश २ मा सबै पालिकामा अधिवेशन हुन सकेको छैन ।
उनकाअनुसार भर्चुअलमार्फत केन्द्रीय अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गर्ने छन् । प्रदेशबाट स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, मातृका प्रसाद यादव र गणेश साह लगायतले सम्बोधन बताइएको छ ।
प्रदेश २ बाट एकहजार प्रतिनिधि अधिवेशनमा भाग लिने छन् । प्रदेश २ को १३६ पालिकबाट ६०० मनोनित गरी करिब एक हजार प्रतिनिधि सहभागी हुुने संयोजक बुढाथोकीले जानकारी दिए । उनले यकिन तथ्याङ्क उपलब्ध गराउन नसक्ने भन्दै ७५ प्रतिशतमा पालिका अधिवेशन सम्पन्न भएको र बाँकीमा शुक्रबारसम्म सम्पन्न हुने दाबी गरे ।














Discussion about this post