रञ्जन भण्डारी/महोत्तरी/मंसिर २१ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ७ अन्कार घर भएका अन्दाजी ४२ वर्षिय रामसृष्ठ यादव मृ त फेला परेका छ्न।
उनी एकडारा गाउपालिका ५ गेना बथनाहामा रहेको ईटा भट्टा नजिकै रहेको पोखरीमा मृ त अवस्थामा भेटिएका हुन् ।उनको श व पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।उनको मृ त्यु, ह त्या वा दुर्घटना के हो भन्ने अहिले खुलिनसकेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केहि भन्न सकिने प्रहरीले बताए ।
गत शुक्रवार शसस्त्र प्रहरीले १०१ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएकोमा मृतक यादव समेत गाँजा ओसार पसार गर्नेहरुसंग शसस्त्र प्रहरीको घम्साघम्सी भैरहदा मृ तक समेत सोहि स्थानमा रहेको र सोहि वेला देखि उनी सम्पर्क विहिन भएको जलेश्वर नगरपालिका ७ का वडाअध्यक्ष रामछविला यादवले बताए ।
उनले मृतक यादवको खोजी सोहि दिन देखि हुदै आएकोमा उनको श व भेटिएपछि आफुहरु शसंकित भएको तथा घटनाको सुक्ष्म छानविन हुनु पर्ने मांग गरे ।
यता मृ तकको ला स भेटिएकै स्थानमा स्थानियहरुले शसस्त्र प्रहरीले उनको ह त्या गरेको भनेपछि अवस्था असामान्य बनेको थियो । केहि वुद्धिजिवीले श व पोष्टमार्टम हुन दिन आग्रह गरेपछि उनको श व त्यहाबाट अस्पताल लगिएको थियो ।














Discussion about this post